×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मौद्रिक नीति ल्याउने तयारीमा जुट्यो नेपाल राष्ट्र बैंक, निजी क्षेत्रका माग समेटिएलान् ?

PRIME CA

मौद्रिक नीति ल्याउने तयारीमा जुट्यो नेपाल राष्ट्र बैंक, निजी क्षेत्रका माग समेटिएलान् ?

२१ जेष्ठ २०७७, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । केन्द्रिय बैंक आगामी आर्थिक वर्षका लागि मौद्रिक नीति ल्याउने तयारीमा जुटेको छ । राष्ट्र बैंक मौद्रिक नीति असार अन्तिम सातासम्ममा सार्वजनिक गर्ने गरी तयारीमा जुटेको हो ।  राष्ट्र बैंकका प्रवक्ता तथा आर्थिक अनुसन्धान विभागका प्रमुख डा. गुणाकर भट्टले सरकारले ल्याएको बजेट कार्यान्वयनमा सहयोग पुग्ने गरी मौद्रिक नीतिको गृहकार्य थालिएको जानकारी दिए । 
कोरोना भाइरस माहामारीकाबीच आउन लागेको मौद्रिक नीतिले सबै क्षेत्रको सुझावहरु समेट्ने कोसिस गर्ने प्रवक्ता भट्टको बताए । जेठ महिनादेखि नै सुझाव संकलनको काम सुरु हुने पनि उनले बताए । उनले ११ महिनाको तथ्यांक समावेश गर्नुपर्ने भएका कारण असार १५ गते भन्दा पछाडि मौद्रिक नीति आउने जानकारी दिए । यता निजी क्षेत्रले भने मौद्रिक नीतिबाट केही सहुलियतको अपेक्षा राखेको छ । बजेटले उद्योगी-व्यवसायीका मागहरु संवोधन गर्न नसकेको भन्दै निजी क्षेत्रले मौद्रिक नीतिले संवोधन गर्ने अपेक्षा राखेको छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: