
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपाल राष्ट्र बैंकको पासधारी र सन्चारकर्मीलगायतलाई जोर-बिजोर प्रणाली लागु नहुने भएको छ । सरकारले लकडाउनलाई खुकुलो बनाएसँगै निजि सवारीसाधनलाई जोर-बिजोर प्रणाली अन्तर्गत लागु गर्न अनुमति दिएको थियो ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख भीम ढकालले बैंकका कर्मचारी, सन्चारकर्मी, स्वास्थ्यकर्मीलाई उक्त प्रणाली लागु नहुने बताएका छन् । उनले बैंक तथा वित्तीय संस्थाका कर्मचारी, सन्चारकर्मी, स्वास्थ्यकर्मीलाई कहि पनि रोक नहुने बताएका हुन् । साथै दमकल, एम्बुलेन्स, फोहोर व्यवस्थापनका सवारी साधान र सबै प्रकारका ढुवानीका सवारी साधनमा उक्त प्रणाली लागू नहुने भएको हो ।
राष्ट्र बैंकले यसअघि बैंक तथा वित्तीय संस्थाहरुलाई २ पटक गरेर पास वितरण गरिसकेको छ । सरकारले बिहिबारदेखि निजि सवारीसाधनलाई जोर-बिजोर प्रणाली लागु गरेको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्