×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

राष्ट्र बैंकको पासधारी र सन्चारकर्मीसहित कस-कसलाई लागू हुँदैन जोर-बिजोर प्रणाली ? (विस्तृत विवरणसहित)

PRIME CA
GLOBAL IME BANK

राष्ट्र बैंकको पासधारी र सन्चारकर्मीसहित कस-कसलाई लागू हुँदैन जोर-बिजोर प्रणाली ? (विस्तृत विवरणसहित)

३० जेष्ठ २०७७, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेपाल राष्ट्र बैंकको पासधारी र सन्चारकर्मीलगायतलाई जोर-बिजोर प्रणाली लागु नहुने भएको छ । सरकारले लकडाउनलाई खुकुलो बनाएसँगै निजि सवारीसाधनलाई जोर-बिजोर प्रणाली अन्तर्गत लागु गर्न अनुमति दिएको थियो । 
महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख भीम ढकालले बैंकका कर्मचारी, सन्चारकर्मी, स्वास्थ्यकर्मीलाई उक्त प्रणाली लागु नहुने बताएका छन् । उनले बैंक तथा वित्तीय संस्थाका कर्मचारी, सन्चारकर्मी, स्वास्थ्यकर्मीलाई कहि पनि रोक नहुने बताएका हुन् । साथै दमकल, एम्बुलेन्स, फोहोर व्यवस्थापनका सवारी साधान र सबै प्रकारका ढुवानीका सवारी साधनमा उक्त प्रणाली लागू नहुने भएको हो ।
राष्ट्र बैंकले यसअघि बैंक तथा वित्तीय संस्थाहरुलाई २ पटक गरेर पास वितरण गरिसकेको छ । सरकारले बिहिबारदेखि निजि सवारीसाधनलाई जोर-बिजोर प्रणाली लागु गरेको थियो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: