×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सातै प्रदेशका फोटो समाचार : पाल्पाको राष्ट्रिय वाणिज्य बैंकमा ग्राहकको भिड, सनराइज बैंकद्वारा जुम्लामा खाद्यान्न सहयोग !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । सातै प्रदेशमा आज के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् । 
आजको अंकमा हामीले पाल्पाको रामपुर नगरपालिकाको बेझाड बजारस्थित राष्ट्रिय वाणिज्य बैंकमा सेवा लिन पुगेका सेवाग्राहीको भीडदेखि जुम्लाको चन्दननाथ नगरपालिकाका प्रमुख कान्तिका सेजुवाललाई राहत खाद्यान्न बुझेको भरपाई प्रदान गर्दै  सनराइज बैंक शाखा जुम्लाका प्रबन्धक जीवन केसीसम्मका दृश्यको फोटो समाचार समेटेका छौं । 
हेरौं सातै प्रदेशका फोटो समाचार :
पाल्पाको रामपुर नगरपालिकाको बेझाड बजारस्थित राष्ट्रिय वाणिज्य बैंकमा सेवा लिन पुगेका सेवाग्राहीको भीड।
जुम्लाको चन्दननाथ नगरपालिकाका प्रमुख कान्तिका सेजुवाललाई राहत खाद्यान्न बुझेको भरपाई प्रदान गर्दै  सनराइज बैंक शाखा जुम्लाका प्रबन्धक जीवन केसी । बैंकले नगरपालिकालाई रु ५० हजार बराबरको २५ केजीको ३७ बोरा चामल हस्तान्तरण गरेको हो । 
कञ्चनपुरको भीमदत्तनगरस्थित महाकाली अस्पताल परिसरमा निर्मित कोरोना अस्पताल  शुक्रबार उद्घाटन गर्दै सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदी । 
म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरमा युवा तथा खेलकुद मन्त्रालयको रु ५० लाख सहयोगमा बहुउद्देश्यीय खेल मैदानको प्यारापिट निर्माण गरिँदै । 
समुद्री सतहबाट चार हजार ५०० मिटरको उचाइमा रहेको हिमाली जिल्ला मनाङ, मुस्ताङ, डोल्पा र जुम्ला जोड्ने सडकमा जीप । आव २०७६/०७७ मा यस सडकखण्डलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले रु पाँच करोड बजेट विनियोजन गरिएको छ । 
डडेल्धुरा जिल्लाको अमरगढी नगरपालिका –८  पूर्वमा पर्ने धामी न्वाला कबुलियती वनमा पासोमा परी मरेको चितुवालाई डिभिजन वन कार्यालय, डडेल्धुराको कार्यालय परिसरमा खाडल खनी पुर्न लगिँदै ।  
तनहुँको व्यास नगरपालिका–१ स्थित निर्मल माविको क्वारेन्टिनका लागि पिउने पानी, मास्क सहयोग गर्दै स्वास्थ्यकर्मी शैलेश हड्खले ।
भरतपुर महानगरपालिका–१० स्थित भरतपुर अस्पताल अगाडि स्मार्ट शौचालय शिलान्यासका अवसरमा प्रदेशसभा सदस्य विजय सुवेदी र भरतपुर महानगर प्रमुख रेनु दाहाललगायत ।
माइला कान्छा अभियान’बाट वितरण गरिएको राहत लिन आएका पोखराका विभिन्न वडाका विपन्न परिवार । पोखरा–९, प्रदर्शनी केन्द्रबाट ३७५ जनालाई  शुक्रबार राहत वितरण गरिएको हो ।
जुनिचाँदे गाउँपालिका–४ लुहादहमा घोडेटो बाटो निर्माण गर्दै स्थानीयवासी । बन्दाबन्दीमा गाउँपालिकाले विकास निर्माणको कामलाई तिव्रता दिएको छ । 
गण्डकी प्रदेशको राजधानी पोखरास्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय भवन । कोभिड—१९ को सङ्क्रमण बढेपछि प्रदेश सरकारले अस्पताल तथा परीक्षणको दायरा बढाएको छ । 
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट गरिएको कान्ति बाल अस्पताल ओपिडी टिकट एप्सको शुुभारम्भ कार्यक्रममा मन्त्री भानुभक्त ढकाल । अब सेवाग्राहीले टिकट काट्न अस्पताल गएर लाइन बस्नु नपर्ने अनलाइनबाटै टिकट काट्न सक्ने छन् 
बाँकेमा निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाको पश्चिमी मूल नहर । 
भारतबाट फर्किएका नेपालीहरुको व्यवस्थापनमा खटिनु भएका डोटीको दिपायल सिलगढी नगरपालिकाका नगरप्रमुख मञ्जु मलासीको श्वास प्रश्वासमा समस्या आएपछि थप उपचारका लागि काठमाडौँ लैजाने प्रक्रियामा ।
सरकारले गरिरहेको आरडीडी परीक्षणको औचित्य नदेखिएको, लकडाउन चलिरहँदा सरकारको गति चित्त नबुझेको भन्दै सरकारलाई सही बाटोमा हिँड्न दवाब दिन वीरगञ्जका युवाहरु सडकमा । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: