×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

फोटो समाचार : कञ्चनपुरमा क्वारेटाइनमा बसेकाहरुको कोरोना परीक्षण गरिँदै, नवलपरासीमा मलको पखाईमा किसान !

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । सातै प्रदेशमा आज के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् ।
आजको अंकमा हामीले कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–९ असिग्राम माध्यमिक विद्यालयमा रहेको क्वारेन्टिनमा बस्दै आएका व्यक्तिहरु आरडिटि चेकजाँचका लागि लामवद्ध हुँदैदेखिनवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) जिल्लाको सुस्ता गाउँपालिको कुडियामा  रासायनिक मलको पखाईमा किसानसम्मका दृश्यको फोटो समाचार समेटेका छौं ।
हेरौं सातै प्रदेशका फोटो समाचार :
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–९ असिग्राम माध्यमिक विद्यालयमा रहेको क्वारेन्टिनमा बस्दै आएका व्यक्तिहरु आरडिटि चेकजाँचका लागि लामवद्ध हुँदै । क्वरेन्टिन अबधि पुरा गरेका २१ जनाको सोमबार आरडिटि चेकजाँच गरिएकोमा सबै जनाको नतिजा नेगेटिभ आएको छ । 
नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) जिल्लाको सुस्ता गाउँपालिको कुडियामा रासायनिक मलको पखाईमा किसान ।   वार्षिक १५ हजार मेट्रिक टन रासायनिक मल आवश्यकता पर्ने जिल्लामा  आठ हजार मेट्रिक टन मात्र प्राप्त हुने गरेको कृषि सामग्री कम्पनी लिमिटेडले जनाएको छ ।
कोशी अस्पताल विराटनगरको बहिरङ्ग सेवामा सोमबार स्वास्थ्य परीक्षण गर्न आएका सर्वसाधारण ।
नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक सङ्घ (नेल्टा) को पाँचौं स्थापना दिवसका अवसरमा पोखरा महानगरपालिका–११ स्थित काहुँ देउराली पशु फार्मलाई निःशुल्क पशु औषधि प्रदान गर्दै नेल्टाका केन्द्रीय महासचिव सुरेश श्रेष्ठ ।
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–२ का वडाध्यक्ष शिवराज पनेरु स्थानीय सिद्धबैजनाथ माध्यमिक विद्यालयको क्वारेन्टिनमा बसेकालाई योग साधना सिकाउँदै  ।
तनहुँको व्यासनगरपालिका–१, चारकुनेमा जलेश्वर ज्येष्ठ नागरिक भवनको शिलान्यास गर्दै स्थानीय ९८ वर्षीय भीमबहादुर बस्नेत । गण्डकी प्रदेश सरकारद्वारा विनियोजित भएको रु दश लाखको लागतमा सो भवन निर्माण गर्न लागिएको हो ।
संघीय संसद् भवन नयाँ बानेश्वरमा  सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री डा शिवमाया तुम्बाहाङ्फे विनियोजन विधेयक २०७७ अन्तर्गत सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै ।
रुपातालको बीचमा डुङ्गामा बसेर माछा देखाउँदै रुपाताल पुनःस्थापना तथा मत्स्यपालन सहकारी लिमिटेडका अध्यक्ष लेकनाथ ढकाल । गत बर्ष तालमा रु एक करोड ८५ लाखको माछा उत्पादन गरेको थियो । 
म्याग्दीको बेनी नगरपालिका–२ खबराका कृषक चन्द्रबहादुर कार्कीले व्यावसायिक रुपमा दुई रोपनीमा लगाउनुभएको बारीमै फुलेको धनियाँ । बन्दाबन्दीका कारण धनियाँ बिक्री गर्न बजार लैजान नसकेपछि गाइवस्तुलाई खुवाउने एक मात्र विकल्प रहेको उहाँ बताउनुहुन्छ ।
संघीय संसद् भवन नयाँ बानेश्वरमा बसेको प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै  भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्याल । 
राप्ती आँखा अस्पताल रक्षाचौर दाङले आफ्ना माताहतका सबै अस्पतालमा  सम्पूर्ण सेवा दिन सुरु गरेपछि आँखा उपचारको सेवा लिन आएका सर्वसाधारण । बन्दाबन्दीपछि अत्यावश्यक सेवामात्र प्रवाह गरेको अस्पतालले केही दिनदेखि सम्पूर्ण सेवा दिन थालेको अस्पतालका चिफ मेडिकल डाइरेक्टर डा सुलक्ष्मी कटुवालले जानकारी दिनुभएको छ ।
वर्षादका कारण डोटीको सायल गाउँपालिकाको छपालीमा पहिरो आउँदा अवरुद्ध भएको सडक । पहिरोले सडक अवरुद्ध भएपछि  स्थानीयवासीलाई आवतजावतमा समस्या भएको छ । 
डोटीमा क्रियाशील सञ्चारकर्मीलाई प्रेस ज्याकेट र स्वास्थ्य सामग्री प्रदान गर्दै मानवीय सेवामा अनेकौं प्रयास नामक संस्था कैलालीका अध्यक्ष भक्तराज जोशी । 
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: