×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘हाँच्छ्यु गरेर कोरोना निको हुने भए १० अर्ब खर्च किन गरियो ?’ (भिडियो)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

‘हाँच्छ्यु गरेर कोरोना निको हुने भए १० अर्ब खर्च किन गरियो ?’ (भिडियो)

Artha Sarokar

९ असार २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार मल्टीमिडिया ब्यूरो 
काठमाडौं । राष्ट्रियसभा सदस्य प्रकाश पन्थले हाँच्छ्यु गरेर कोरोना निको हुने भए १० अर्ब खर्च किन गरियो भन्दै प्रश्न गर्नुभएको छ । प्रधानमन्त्रीले बेला बेला भ्रामक सार्वजनिक अभिव्यक्ति दिने गरेको उल्लेख गर्दै उहाँले हाँच्छ्यु गर्दा कोरोना निको हुने भए किन लक डाउन गरियो भन्नुभयो । प्रधानमन्त्री केपी शर्मा ओलीका सल्लाहकारहरुले उहाँलाई भ्रममा पारेको समेत उनले बताएका छन् । पुष्टि नै नभएका कुराहरु सल्लाहकारहरुले प्रधानमन्त्रीलाई सुनाएर संसदबाट समेत प्रधानमन्त्री ओलीले जनतालाई भ्रममा पारेको बताए । ‘‘कसले झठा कुरा गरेर प्रधानमन्त्रीलाई भ्रममा पार्नुभयो ? पुष्टि नभएका खवरहरु कसले प्रधानमन्त्री ज्यूलाई सुनाउँछ ? हाच्छ्यु साच्छ्यु गरेर कोरोना जाने भए, लक डाउन किन गरिएको हो ? १० अर्ब किन खर्च गरिएको हो ?’’ उनले भने। 
स्थानीय तहका जनप्रतिनिधिहरुले अहिले पनि संघ प्रदेश सरकारबाट कुनै सहयोग नपाएको गुनासो गरिरहेको उनले बताए । लामो समयदेखि आरडिटी परीक्षण बन्द गर्न सरकारलाई आग्रह गर्दा पनि नमाउनेको भन्दै उनले आरडिटी परीक्षण तत्काल रोकेर पीसीआरको दायरा बढाउनुपर्ने बताएका छन् । अत्यावश्यक स्वास्थ्य सामम्रीको तत्काल आपूर्ति गरी, स्थानीय तहमा बनेका क्वारेन्टाइनहरुलाई मापदण्ड अनुसार व्यवस्थापन गर्न आग्रह गरे । सरकारले संविधानमा भएका कतिपय राजनीतिक सहमति विपरित विधेयकहरु ल्याउने गरेको भन्दै उहाँले राजनीतिक सहमतिहरु नतोड्न पनि आग्रह गरेका छन् । हेर्नुहोस् भिडियो :
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी