×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘बजेट खर्च नसक्ने मन्त्रीहरुले सामूहिक राजीनामा दिए हुन्छ’ : सांसद विडारी (भिडियो रिपोर्ट)

PRIME CA
GLOBAL IME BANK

‘बजेट खर्च नसक्ने मन्त्रीहरुले सामूहिक राजीनामा दिए हुन्छ’ : सांसद विडारी (भिडियो रिपोर्ट)

२ असार २०७७, मंगलवार

पढ्न लाग्ने समय: < ३ मिनेट

  • अर्थ सरोकार मल्टीमिडिया ब्यूरो
काठमाडौं । राष्ट्रियसभा सदस्य राम नारायण विडारीले बजेट खर्च नसक्ने मन्त्रीहरुले सामूहिक राजीनामा दिनुपर्ने बताएका छन्  । विनियोजन विधेयक २०७७ मा मन्त्रालयगत शीर्षकहरुमाथि छलफलमा लिँदै विडारीले असारमा बजेट पारित भइसकेपनि साउनबाट फटाफाट काम नगर्ने मन्त्रीहरुले राजीनामा दिनुपर्ने बताए  । साउनबाटै काम सुरु गरी बजेट खर्च गर्न मन्त्रीहरुलाई के ले छेक्यो भन्दै उनले  प्रश्न गरे  । 
‘‘चाँडै विकास निर्माणका बजेट ठिक समयमा खर्च होस भनेर असारमा बजेट पास हुन्छ । अनी साउनबाट फटाफाट काम गरे हुनेनी । अनि मन्त्रीलाई काम गर्न केले छेक्यो ? कुन प्रेत आयो त्याँ कुन भूत आयो त्यो ? किन चैत महिनामा मात्रै अख्तियारी आयो भनेर हल्ला गर्दै हिड्ने ? यसपाली त कोभिडले चैत खायो, बैशाख खायो, जेठ खायो, असार आयो । अब ख्वाम ख्वाम पैसा सिध्याउने काम गर्ने, कागज बनाउन थालियो । यहि सरकारले यहि पटकबाट यस्तो काम गरोस । यति पनि गर्न सकेन भने मन्त्रीहरुले सामूहिक राजनीनामा दिए हुन्छ । त्यती पनि गर्न नसक्ने । अरुथोक केही गर्नुपरेन, बजेट छुटयएको छ । संसदले पास गरेको छ । अनि त्यसपछि चैत महिनामा अख्तियारी, फागुनमा अख्तियारी । किन तलब खाएर बसेको ? मन्त्रीले यो कुरा विचार गरुन ।’’उनले भने ।
पक्षी दलहरुले समेत बजेट पुगेन भनेर भन्ने तर मन्त्रालयको खर्च १ सय रुपैयाँ राख्नुस भनेर भन्ने प्रवितिले विकास हुन नसकेको बताए । ‘‘विपक्षी झन त्यस्तै । पैसा यहाँ नी बढाउन, यँ नी पुगेन त्या नी पुगेन भन्छ । अनि बजेट चाँही १ सय रुपैया मात्रै राखियोस यो मन्त्रालयमा भन्छ । १ सय रुपैयाँ भन्छ अनि यो नि बनाइदे उ नी बनाइदे बजेट पुगेन भन्छ । विपक्षी यस्तै सत्ता उस्तै । अनि देश कसरी विकास हुन्छ ?’’ उनले भने । राष्ट्रियसभाबाट जति सुझाव दिएपनि बजेटमा कुनै परिवर्तन नहुने कुराको विरोध गर्दै उनले बजेट संशोधन गर्दैमा सरकार तलमाथि नहुने बताएका छन् । बेलायत र अमेरिका लगायतका देशमा पनि बजेट संशोधन हुने गरेको उल्लेख गर्दै उनले सबैतिरबाट आएका सुझावहरुलाई आत्मसाथ गरी बजेट संशोधन गर्न सरकार डराउन नहुने बताए ।
 ‘‘यत्रो छलफल  गयौँ  यत्रा दिनको तलब भत्ता ग्वाम ग्वाम खायौँ । अनि बजेट चाँही सरकारले जे ल्यायो त्यही एक रुपैयाँ नी परिवर्तन हुँदैन् । यस्तो पनि कहिँ हुन्छ ? यो छलफल नाटक किन गरेको ?’’अर्थमन्त्री डा. युवराज खतिवडाले प्रतिनिधिसभामा दैनिक खर्च धान्न गाह्रो भएको भन्दै दिएको अभिव्यक्तिको  उनले आलोचना गरे ।  ‘‘म १५, १६ वर्षको थिए । १६ हजार ऋण छ नेपालीको टाउकोमा भनेर भाषण गर्थे । त्यो ऋण त अहिले पनि बाँकी नै छ रे, ३४ हजार पुग्यो रे । कस्तो सरकार चलाएछन् ? कस्तो ऋण तिरेछन् ? अब त ४० अर्ब खर्च रे १५ अर्ब आम्दानी रे । अनि तलब पनि विदेशीसँग मागेर खाने रे । अनि हामी परलम्बी हुँदैनौ भनेर धाक लगाउने ?’’उनले भने  ।
सांसदहरु नीति निर्माण भन्दा पनि बजेटकै पछि कुद्ने गरेको बताएका छन्  । देशका लागि बजेट र नीति निर्माण गर्नुपर्ने भएपनि आफ्नो क्षेत्रका लागि कहाँ बजेट पाइन्छ भनेर सुँध्दै हिड्ने प्रवृतिले देशको विकास नभएको उनले बताए । सरकारले सरकार ढल्ने डरले सांसदहरुलाई विभिन्न नाममा पैसा बाँडेको उनले बताए । ‘‘सांसदहरुले विरोध गरे सरकार ढाल्छ रे भनेर कहिले ६ करोड डाइरेक्ट, कहिले घुमाएर ४ करोड, अनि बाटोघाटो भनेर १०, ८ करोड हाल्दिने काम मन्त्रीले गर्यो । यसबाट देश विकास हुँदैन् । त्यसैले बजेट मार्न र बजेट पार्न हुँदैन् ।’’उनले भने  ।
पछिल्लो समय सडकमा कोरोना महामारी नियन्त्रणका लागि भएको खर्चको विवरण सार्वजनिक गर्न माग गर्दै भइरहेका प्रदर्शनलाई लक्षित गर्दै उहाँले मन्त्रालयलाई दैनिक खर्च वेवसाइटमा सार्वजनिक गर्न आग्रह गरे  । ‘‘कोभिड—१९ मा कहाँ कति कसरी खर्च भयो भनेर सडकमा नारा लगाउनुपर्छ ? दिनदिनै को वेव साइट छ क्यारे ढ्याक्क हाल्नु । दिनदिनैको खर्च र आम्दानी । यति खर्च भयो, यति आम्दानी भयो, यती डोनेशन प्राप्त भयो भनेर निकाल्दा हुँदैन् ? त्यो निकाल्न कसले छेक्यो हाम्रा मन्त्री ज्युलाई ? अनि सडकमा नारा लगाउन पर्ने विपक्षीले । के के न भने भनेर फुर्ति लगाउने । मैले त त्यो १० अर्बको पैसाको हिसाब मागे भनेर फुर्ति लाउने त्यसो किन गर्या ।’’  उनले भने  । हेर्नुहोस् भिडियो :

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: