Skip to content
LAXMI SUNRISE BANK

१६ जिल्लाका प्रहरी प्रमुखको सरुवा, हेर्नुहोस् कसले कहाँको जिम्मेवारी पाए ? ( विस्तृत विवरणसहित)

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । प्रहरी प्रधान कार्यालयले १६ वटा जिल्लाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरेको छ । एक वर्ष कार्यअवधि पूरा भएका अधिकृतहरुलाई सरुवा गरिएको हो ।
प्रहरी मुख्यालयले निकालेको सूची अनुसार भक्तपुर प्रहरी परिसरका प्रमुख सविन प्रधान पनि फेरिएको छ । उनको ठाउँमा एसपी तारादेवी थापालाई पठाइएको छ ।
त्यस्तै, कास्कीमा प्रहरी प्रमुख एसपी दानबहादुर कार्की विशेष ब्युरोमा ल्याइएका छन् भने त्यहाँ जीवनकुमार श्रेष्ठ पठाइएका छन् । महोत्तरीमा टिका केसी, सिराहामा उमाशंकर पञ्जियार र बाँकेमा ओमबहादुर राणा पठाइएका छन् ।
तनहुँमा अरुण पौडेल, धनकुटामा गोविन्द अधिकारी, डोटीमा जनकराज पाण्डेय, पूर्वी नवलपरासीमा दिपक रेग्मी, पाल्पामा दिपकराज खरेल, इलाममा नविनराज राई, कविलवस्तुमा नवराज अधिकारी, उदयपुरमा भिमबहादुर दाहाल, सुर्खेतमा राजेन्द्रप्रसाद भट्ट, मोरङमा सन्तोष खड्का र गोरखामा सुरेन्द्रबहादुर गुरुङ पठाइएका छन् ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK