Skip to content
LAXMI SUNRISE BANK

राजश्व अपचलन गरेको अभियोगमा जनकपुरका आठ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर, ती को-को हुन् ?

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
जनकपुर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरण जनकपुर क्षेत्रीय कार्यालयअन्तर्गत बर्दीबास उपवितरण केन्द्रमा कार्यरत तत्कालीन इञ्चार्ज सञ्जीव शर्मासहित आठ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले शर्मासहित आठ जनाविरुद्ध मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
ग्राहकबाट उठाएको महसुल राजश्व खातामा जम्मा नगरी अपचलन गरेको पाइएको आयोगको अध्ययनबाट खुलेको छ । आयोगका अनुसार राजश्व अपचलन गरेको अभियोगमा शर्माविरुद्ध २० लाख ३३ हजार २७२, प्राधिकरणका कर्मचारीहरु अरविन्दप्रसाद जयसवालविरुद्ध चार लाख ७५ हजार ४६६ र बागेश्वरीकुमारी कर्णविरुद्ध ५३ हजार ८२१ बिगो कायम गरी मुद्दा दायर गरिएको छ । 
यस्तै कर्मचारीहरु चन्द्रभूषण महत्तो चार लाख छ हजार १३९, धर्मेन्द्रकुमार महतो ६६ हजार ८३७, अजितमान सिंह २२ हजार ८१३, स्मिता कट्टेल सात लाख ७४ हजार १०४, अञ्जुकुमारी बस्नेत १२ हजारबराबरको बिगो कायम गरी मुद्दा दायर गरिएको प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए । 
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK