
- अर्थ सरोकार सम्बाददाता
जनकपुर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरण जनकपुर क्षेत्रीय कार्यालयअन्तर्गत बर्दीबास उपवितरण केन्द्रमा कार्यरत तत्कालीन इञ्चार्ज सञ्जीव शर्मासहित आठ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले शर्मासहित आठ जनाविरुद्ध मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
ग्राहकबाट उठाएको महसुल राजश्व खातामा जम्मा नगरी अपचलन गरेको पाइएको आयोगको अध्ययनबाट खुलेको छ । आयोगका अनुसार राजश्व अपचलन गरेको अभियोगमा शर्माविरुद्ध २० लाख ३३ हजार २७२, प्राधिकरणका कर्मचारीहरु अरविन्दप्रसाद जयसवालविरुद्ध चार लाख ७५ हजार ४६६ र बागेश्वरीकुमारी कर्णविरुद्ध ५३ हजार ८२१ बिगो कायम गरी मुद्दा दायर गरिएको छ ।
यस्तै कर्मचारीहरु चन्द्रभूषण महत्तो चार लाख छ हजार १३९, धर्मेन्द्रकुमार महतो ६६ हजार ८३७, अजितमान सिंह २२ हजार ८१३, स्मिता कट्टेल सात लाख ७४ हजार १०४, अञ्जुकुमारी बस्नेत १२ हजारबराबरको बिगो कायम गरी मुद्दा दायर गरिएको प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्