Skip to content
LAXMI SUNRISE BANK

स्वास्थ्य सुरक्षाका आधारभुत विधिहरु अपनाइ लकडाउन खोल्नुपर्ने उद्योगी व्यवसायीहरुको माग (भिडियो रिपोर्ट)

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सबैभन्दा पहिला साना तथा मझौला व्यवसायहरु सञ्चालनमा आउनुपर्ने बताउनुभयो । उहाँले साना तथा मझौला किसिमका उद्योग व्यवसायमा सबैभन्दा बढी रोजगारी रहेकोले त्यस क्षेत्रलाई महत्व दिइ सञ्चालन गर्नुपर्ने बताउनुभयो । उहाँले यातायातको क्षेत्रलाई पनि पहिलो चरणमा नै सञ्चालन गर्नुपर्ने बताउनुभयो । त्यस्तै सेवा क्षेत्रमा पनि बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीलाई पूर्ण रुपमा चलाउने र होटल व्यवसायलाई पनि प्यारामिटर बनाएर सञ्चालन गर्नुपर्ने बताउनुभयो । त्यसपछि मात्रै समग्र अर्थतन्त्रलाई सामान्यिकरण गर्दै जानुपर्ने उहाँले बताउनुभयो । 
होटल संघ नेपालकी अध्यक्ष सृजना राणाले होटल क्षेत्रमा ब्याङ्केट बाहेकका सेवा सुचारु गर्न सकिने बताउनुभयो । उहाँले स्वास्थ्य सुरक्षाका उपायहरु अपनाएर होटल तथा रेस्टुरेन्टहरुलाई सञ्चालन गर्न सकिने बताउनुभयो । होटल तथा रेस्टरेन्टहरुलाई कसरी सेवा दिनुपर्छ भन्ने विषयमा होटल संघले गृहकार्य गरी मापदण्ड तयार पारिसकेको बताउनुभयो ।  
नाडा अटो मोबाइल्स एसोसिएसनका अध्यक्ष कृष्णप्रसाद दुलालले सबै क्षेत्रमा स्वास्थ्य सुरक्षाका आधारभुत विधिहरु अपनाइ खोल्नुपर्ने बताउनुभयो । उहाँले सरकारलाई आफुहरुले कसरी सावधानी अपनाउन सकिन्छ भन्ने विषयमा १६ वटा बुँदामा लिखित सुझाव दिइसकेको बताउनुभयो । उहाँले कार्यालय जाँदा खाजा तथा खाना बोकेर जाने, अनलाइनबाट मात्रै कारोबार गर्ने, कुनै पनि वस्तु पन्जा तथा मास्क लगाएर छुने, स्यानिटाइजरको प्रयोग अधिकतम गर्ने, अफिसमा एसि नचलाउने तथा गोदाममा तीन दिन सम्म सामग्री राखेर मात्रै विक्री गर्ने व्यवस्था मिलाउने गरी सञ्चालन गर्न सकिने बताउनुभयो । 
यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले यातायात क्षेत्रमा कामगर्ने मजदुरलाई स्वास्थ्य सुरक्षा सम्बन्धी सामग्री उपलब्ध गराएर यातायात क्षेत्रलाई पहिलो चरणमा खोल्नुपर्ने बताउनुभयो । अर्थतन्त्रको रक्तसन्चार नै यातायात क्षेत्र भएकोले अग्रपंक्तिमा राखेर यसलाई सुचारु गर्नुपर्ने उहाँले बताउनुभो । तर सरकारले यातायात क्षेत्रमा काम गर्ने श्रमिकहरुलाई स्वास्थ्य सामग्री उपलब्ध नगराए यातायात सञ्चालन गर्न अनुमति दिए पनि आफुहरुले सञ्चालन गर्न नसक्ने महासचिव सिटौलाले बताउनुभयो । उहाँले यातायात क्षेत्रका श्रमिकहरु सुरक्षित नभए संक्रमण तिब्र गतिमा फैलन सक्ने भएकाले सरकारले ध्यान दिनुपर्ने बताउनुभयो । यातायात व्यवसायीहरुले अन्य कुनै माग नराखेको तर श्रमिकको सुरक्षामा ध्यान नदिई यातायात सञ्चालन गर्न नसकिने बताउनुभयो । हेर्नुहोस् भिडियो :

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK