×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ऋणपत्रमा छानीछानी लगानी गर्ने अवसर ! ४ वटा बैंकको ऋणपत्र पाइपलाइनमा, ब्याजदर कति पाइन्छ ? (विवरणसहित)

PRIME CA

ऋणपत्रमा छानीछानी लगानी गर्ने अवसर ! ४ वटा बैंकको ऋणपत्र पाइपलाइनमा, ब्याजदर कति पाइन्छ ? (विवरणसहित)

८ श्रावण २०७७, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । चार बैंकका ऋणपत्र स्वीकृतिका लागि पाइपलाइनमा रहेका छन्  । नेपाल धितोपत्र बोर्डमा बैंक अफ काठमाण्डू, एभरेष्ट बैंक लिमिटेड, सानिमा बैंक लिमिटेड र एनसीसी बैंकको ९ अर्ब ६० करोड बराबरको  ऋणपत्र स्वीकृतिका लागि पाइपलाइनमा छन् । 
कसको कति ? 
बैंक अफ काठमाण्डू
यस बैंकले ऋणपत्र निष्काशनका लागि सेबोनमा निवेदन पेश गरेको थियो । बैंकले १० वर्ष अवधिको लागि १ अर्ब ६० करोड रूपैयाँ बराबरको “१०.२५ प्रतिशत डिबेन्चर २०८६” निष्कासन गर्नका उक्त निवेदन दिएको हो । १ अर्ब ६० करोड रूपैयाँ बराबरको १६ लाख कित्ता ऋणपत्रमध्ये बैंकले सर्वसाधारणका लागि ६ लाख ४० हजार कित्ता छुट्याएको छ भने विभिन्न संघ संस्थालाई ९ लाख ६० हजार कित्ता बिक्री गर्नेछ । उक्त ऋणपत्रमा बैंकले १०.२५ प्रतिशत ब्याज दिनेछ । उक्त ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडलाइ नियुक्त गरिएको छ ।
एभरेष्ट बैंक
एभरेष्ट बैंकले  ७ वर्ष अवधिको लागि एक अर्ब रूपैयाँ बराबरको ‘१०.२५ प्रतिशत एभरेष्ट बैंक डिबेन्चर २०८३’ निष्कासन गर्नका लागि गत पुस १४ गते सेबोनमा निवेदन पेश गरेको थियो । उक्त ऋणपत्रमा बैंकले १०.२५ % ब्याज दिनेछ । एक अर्ब रूपैयाँ बराबरको ऋणपत्रमध्ये बैंकले सर्वसाधारणका लागि ४० करोड रूपैयाँ बराबरको ४० लाख कित्ता र व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई ६० करोड रूपैयाँ बराबरको ६० लाख कित्ता बिक्री गर्नेछ । बैंकको उक्त ऋणपत्रमा निष्कासन तथा बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यापिटल लिमिटेडले गर्नेछ ।
सानिमा बैंक
सानिमा बैंकको ऋणपत्र बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटललाई तोकिएको छ । बैंकले १० वर्ष अवधिको लागि ४ अर्ब रूपैयाँ बराबरको ‘१०.२५ प्रतिशत सानिमा बैंक डिबेन्चर २०८६’ निष्कासन गर्नका लागि बोर्डमा गत पुस २७ गते निवेदन पेश गरेको थियो । ऋणपत्रमा बैंकले १०.२५ प्रतिशत  ब्याज दिनेछ ।
एनसीसी बैंक 
एनसीसीले १० वर्ष अवधिको लागि ३ अर्ब रूपैयाँ बराबरको ‘१०.५ प्रतिशत एनसीसी ऋणपत्र २०८६’ निष्कासन गर्नका लागि गत माघ १ गते सेबोनमा निवेदन पेश गरेको थियो । १०.२५ प्रतिशत ब्याज रहेको उक्त ऋणपत्रमा बिक्री प्रबन्धकको  काम नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडले गर्नेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: