Skip to content
LAXMI SUNRISE BANK

‘एफएनसीसीआइको चुनाव तोकिएकै मितिमा हुन्छ, सहमति गर्दा बरिष्टता पनि हेर्नुपर्छ…’ : चन्द्र ढकाल (भिडियो)

अर्थ सरोकार

  • अर्थ सरोकार मल्टिमिडिया ब्युरो 
काठमाडौँ –  नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले साउन २६ र २७ गते नै महासंघको महाधिवेसन हुने बताएका छन् । गत चैतमा गर्नुपर्ने महाधिवेसन कोभिड १९ रोकथामका लागि जारी गरिएको लकडाउनका कारण साउन २६ र २७ गते सारिएको र महामारीको यहि अवस्था रहेमा उक्त दिन नै महाधिवेसन हुने बताएका हुन्। शुक्रबार चन्द्रागिरी हिल्सको अवस्थाका बारेमा जानकारी दिन चन्द्रागिरी पुगेका उपाध्यक्ष ढकालले पत्रकारहरुसँग कुरा गर्दै तोकिएको मितिमै महाधिवेसन गर्ने गरी नै महासंघका कार्यक्रमहरु अगाडि बढेको बताएका हुन् ।

महाधिवेसनका लागि काठमाडौंमा आउनुपर्ने १ सय ५ जिल्ला नगर उद्योग वाणिज्य संघका नेतृत्व र वस्तुगत संघका नेतृत्व लगायत गरी करिब ४ सयको संख्यामा हुने र सामाजिक दुरी कायम गरी तोकिएकै दिन महाधिवेसन हुने विश्वास आफुले गरेको बउनको तर्क थियो । त्यसका लागि सरकारसँग समेत सहयोगको अपेक्षा महासंघले गरेको उपाध्यक्ष ढकालले बताएका छन् । बाँकी भिडियो रिपोर्टमा हेर्नुहोस् :

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK