×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पुरानो मिति राखेर कानुनविपरित आवासगृहमै चेक काट्ने लम्कीचुहा नगरपालिकामा अख्तियारको टोलीले छापा मार्यो !

PRIME CA

पुरानो मिति राखेर कानुनविपरित आवासगृहमै चेक काट्ने लम्कीचुहा नगरपालिकामा अख्तियारको टोलीले छापा मार्यो !

७ श्रावण २०७७, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
कैलाली । कैलालीको लम्कीचुहा नगरपालिकामा गत आर्थिक वर्षको मिति राखेर पालिकाका कर्मचारीले आवासगृहमै कानून विपरीत चेक काटेको पाइएपछि अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले छापा मारेको छ । कानुनविपरीत चेक काटिएको खबर पाएपछि अख्तियार कञ्चनपुरको टोलीले छापा मारेको हो ।
आर्थिक वर्ष सकिए पनि पुरानो मिति राखेर भुक्तानी भइरहेको उजुरी आएपछि अख्तियाको टोली लम्कीचुहा पठाइएको अख्तियार कञ्‍चनपुरका प्रमुख खगेन्द्र रिजालले जानकारी दिए । अख्तियारको टोलीले नगरपालिकाका कागजात समेत नियन्त्रणमा लिएको छ । 
नयाँ आर्थिक वर्ष २०७७/७८ सुरु भइसके पनि कानुनविपरीत लम्कीचुहाका कर्मचारी आवासगृहमै बसेर चेक काटिरहेको पाइएको थियो । नगरपालिकाका लेखा अधिकृत धर्मराज उपाध्याय, लेखापाल सरोजकुमार चौधरीलगायत कर्मचारी आवासगृहमा बसेर चेक काटिरहेको अवस्थामा फेला परेका थिए ।
यता कोष तथा लेखा नियन्त्रण कार्यालय कैलालीका प्रमुख कोष नियन्त्रक लक्ष्मीप्रसाद जोशीले पनि गत आवकै बजेट भुक्तानीका लागि पुरानो मिति राखेर अहिले चेक जारी गर्नु कानूनसम्म नभएको बताएका थिए ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: