×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

आइटी पढ्न अस्ट्रेलिया पुगेका प्रवीनले क्रेडिट कार्डबाट अरुको रकम चोरे, १८ महिना जेल राखेर देश-निकाला गरिँदै !

  • अर्थ सरोकार सम्बाददाता
आइटी पढ्न अष्ट्रेलिया गएका प्रविन मैनाली अरुको क्रेडिट कार्डबाट रकम चोरेको ठहर भएपछि १८ महिनाका लागि जेल चलान भएका छन् । २० वर्षका उनी आईटी पढ्नका अष्ट्रेलिया पुगेका थिए । गत मार्चमा निजले क्यासल हिलमा रहेको एक रिटायर्मेन्ट भिलेजमा एक बृद्धको क्रेडिट कार्ड मर्मत गरिदिने भन्दै त्यसबाट रकम आफ्नो एकाउन्टमा ट्रान्सफर गरेका थिए । 
चार जना पीडितको २१ पटक गरी १८ हजार ५ सय अष्ट्रेलियन डलर  आफ्नो खातामा ट्रान्सफर गरेका उनी अपराध गरेको ठहर भएपछि जेल सजाय भोग्न बाध्य भएका छन् ।
अष्ट्रेलियामा १२ महिनाभन्दा बढीको जेल सजाय हुने अपराधमा सजाय पाउने विदेशीहरुलाई जेल सजायपछि देश निकाला गर्ने प्रावधान छ । उनलाई पनि जेल सजाय सकिएपछि देश निकाला हुनेछ । 
तस्विर : ९ न्युज अष्ट्रेलिया
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: