
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । आज कुन कुन ठाउँमा के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् ।
आजको अंकमा हामीले यातायात व्यवस्था कार्यालय दाङमा सरकारी छाप कीर्ते बनाई नक्कली ब्लुबुक बनाएको अभियोगमा पक्राउ परेका एक कर्मचारीसहित पाँच जनालाई जिल्ला प्रहरी कार्यालय दाङमा आइतबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्दै दाङका प्रहरीदेखि रुपन्देहीको सैनामैना नगरपालिकाको गौरबको आयोजनाको रुपमा रहेको कुश्मा बक्सड चक्रपथ सडकको निर्धारित समयमा काम नहुँदा वर्षाका कारण आवतजावत गर्न कठिनाइसम्मका दृश्यलाई फोटो समाचारमा समेटेका छौं ।
हेरौं फोटो समाचार :
यातायात व्यवस्था कार्यालय दाङमा सरकारी छाप कीर्ते बनाई नक्कली ब्लुबुक बनाएको अभियोगमा पक्राउ परेका एक कर्मचारीसहित पाँच जनालाई जिल्ला प्रहरी कार्यालय दाङमा आइतबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्दै दाङका प्रहरी ।

रुपन्देहीको सैनामैना नगरपालिकाको गौरबको आयोजनाको रुपमा रहेको कुश्मा बक्सड चक्रपथ सडकको निर्धारित समयमा काम नहुँदा वर्षाका कारण आवतजावत गर्न कठिनाइ भएको छ ।

गलकोट (बागलुङ) राष्ट्रिय गौरवको आयोजना मध्येको एक मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ– घोडाबाँधे सडक अन्र्तगत काठेखोला गाउँपालिका–१ स्थित हिलाम्मे दुरावस्थामा पुगेको लोकमार्गमा गुडिरहेको टिपर ।

वर्षाका कारण बागलुङ नगरपालिका–१ रामरेखास्थित गङ्गापथ टोलका बाबुराम सापकोटाको आइतबार बिहान भत्किएको घर ।

काभ्रेपलाञ्चोकको बनेपामा निर्माणाधिन अवस्थामा रहेको रक्त सञ्चार केन्द्रको भवन । सो भवन नगर/गाउँपालिका, प्रदेश सरकार र सहयोगी निकायहरुको सहयोगमा निर्माण भइरहेको छ ।

कोरोना महामारीका कारण भएको बन्दाबन्दीले विद्यालय गएर पढ्ने वातावरण नभएपछि घरबाटै अनलाइन कक्षा लिँदै कर्णाली प्रदेशको राजधानी सुर्खेतस्थित संस्कृत तथा साधारण मावि इत्रामका कक्षा १० मा अध्ययनरत छात्रा ।

काभ्रेपलाञ्चोकको पनौती नगरपालिका– ६ स्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान (पुलिस एकेडेमी) को निर्माणाधीन भवन ।

इलामको मुख्यबजार चोकमा राखिएको (घन्टाकर्ण) गठेमङ्गल । आज दिनभर ठड्याइएको नर्कटबाट निर्मित गठेमङ्गललाई साँझपख नदीमा लगेर विसर्जन गरिन्छ ।

वालिङ नगरपालिका–१४, पनियारेका स्थानीय पीताम्बर डुम्रेद्वारा सञ्चालित भैँसी फर्ममा पालिएका भैँसी । फर्ममा अहिले साना तथा ठूला गरी ९५ वटा गाई/भैँसी रहेका छन् भने दैनिक २७५ लिटर दूध उत्पादन हुने गरेको छ ।

डिभिजन वन कार्यालय तनहुँको हाताभित्र रहेको नर्सरी । कार्यालयले जिल्लाका विभिन्न ठाउँमा समेत गरी आठ लाख ८८ हजार विरुवा उत्पादन गरेकोमा साढे तीन लाख बिरुवा निःशुल्क वितरण गरेको छ ।

तनहुँको शुक्लागण्डकी नगरपालिका–११ मा पहिरोले पु¥याएको क्षतिको तथ्याङ्क सङ्कलन गर्दै जनप्रतिनिधि एवं कर्मचारी । नगरपालिकाले चार वटा टिम बनाएर सबै वडामा पहिरोको क्षतिको तथ्याङ्क सङ्कलन गरिरहेको छ ।

तनहुँको शुक्लागण्डकी नगरपालिका–११ मा पहिरोको जोखिममा रहेको घर ।

लायन्स क्लब अफ पोखरा राइजिङ स्टारले नेचर द फ्युचर भन्ने थिमभित्र रहेर शुरु गरेको विपन्न विद्यार्थीको शैक्षिक खर्च व्यहोर्ने कार्यक्रममा डिष्ट्रिक ३२५ डि १ नेपालका गभर्नर मनबहादुर रोकाले दिपेश रोका मगरलाई शैक्षिक सामग्री वितरण गर्दै । क्लबका अध्यक्ष गुरुङले कक्षा १ देखि १२ सम्म मगरको अध्ययन खर्च व्यहोर्ने गरी अभिभावकत्व ग्रहण गर्नुभएको हो ।

दाङको घोराही उपमहानगरपालिका वडा नं ४ स्थित कमेरे सोता जलाशय । सिँचाइका लागि अहिले जिल्लामा यस्ता जलाशय निर्माणको कार्यलाई तिब्रता दिइएको छ ।

दाङको देउखुरीस्थित राप्ती नदि किनारमा वृक्षरोपण गर्दै राप्ती गाउँपालिका वडा नं २ कठाहाको समाज सुधार युवा क्लबका पदाधिकारीहरु । कृत्रिम वन बनाउनका लागि वृक्षरोपण गरिएको हो ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्