×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

देश बोल्ने फोटो कथा- जाजरकोटका नागरिक खोलाकै पानी पिउन बाध्य, दोलखामा सडक बन्ने आशमा श्रम गर्दै जनता !

PRIME CA

देश बोल्ने फोटो कथा- जाजरकोटका नागरिक खोलाकै पानी पिउन बाध्य, दोलखामा सडक बन्ने आशमा श्रम गर्दै जनता !

१९ असार २०७७, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । सातै प्रदेशमा आज के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् । 
आजको अंकमा हामीले बनेपाका किसानलाई धान रोप्न भ्याई नभ्याईदेखि जाजरकोटका अधिकांश दलित समुदाय एक घण्टा हिँडेर भेरी नदीको फोहोर पानी खान बाध्यसम्मका दृश्यको फोटो समाचार समेटेका छौं ।
हेरौं सातै प्रदेशका फोटो समाचार :
काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका– १ ताङलिङका किसान खेतमा धान रोप्दै ।
छेडागाड नगरपालिका–१३ खाराका स्थानीयवासीहरु गाउँमा खानेपानी नहुँदा भेरी नदीको फोहोर पानी भर्दै । एक घण्टा हिँडेर भेरी नदीको फोहोर पानी भरेर यहाँका अधिकांश दलित समुदायको तिर्खा मेट्दै आएका छन् । 
दोलखाको शैलुङ गाउँपालिका–८ शैलुङमा आलु खन्दै किसान । यस क्षेत्रमा मुख्य बालीका रुपमा आलु खेती गरिन्छ ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकालाई खरको छानामुक्त बनाउने अभियानअन्तर्गत बिहीबार जस्तापाताको छाना हाल्नका लागि गरीब घरपरिवारलाई चेक प्रदान गर्दै संघीय सांसद विशाल भट्टराई । 
कपिलवस्तुको उमारी डाडामा वृक्षरोपण दिवसको अवसरमा बिरुवा  रोप्दै सञ्चारकर्मी । कपिलवस्तुमा १२ लाख बिरुवा रोप्ने तयारी रहेको डिभिजन वन कार्यालय गौतमबुद्धले जनाएको छ । 
पाल्पाको रामपुर नगरपालिका – नं ४ स्थित बडवान फाँटमा लगाइएको चैते धान खेती । 
रुण गाउँपालिकामा ९३ वर्षीय वृद्धलाई नागरिकता वितरण गर्दै प्रमुख जिल्ला अधिकारी वसन्तराज पुरी । 
पोखरा महानगरपालिका–२६ कालिकाबाट देखिएको निर्माणाधीन पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थल तथा त्यस आसपास क्षेत्रको दृश्य । 
कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रको सनवोरा नदी किनाराको घाँसे मैदानमा देखापरेको लोपोन्मुख प्रजातिको कालो टाउके मुनियाँ चरा । यो चराको प्रजाति लोपोन्मुख अवस्थामा पुगेको छ ।
दोलखाको शैलुङ गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रमअन्र्तगत मुडे मेलुङ  सडकखण्डमा कार्य गरिँदै । 
नेपालगञ्जस्थित सिक्टा सिँचाइ आयोजना कार्यालयको प्राङ्गणमा फूलका बिरुवा गोडमेल गर्दै माली । 
दोलखाको शैलुङ गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रमअन्र्तगत मुडे मेलुङ  सडकखण्डमा कार्य गरिँदै ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: