Skip to content
LAXMI SUNRISE BANK

यसै वर्षदेखि धितोपत्र कारोबारमा टी प्लस टू कार्यान्वयन गर्ने बोर्डको नीति !

अर्थ सरोकार

  • अर्थ  सरोकार सम्बाददाता 
काठमाडौं । यस वर्षदेखि धितोपत्र कारोबारमा टी प्लस टू कार्यान्वयनमा ल्याईने भएको छ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले आज (आइतबार) आर्थिक वर्ष २०७७/७८ को धितोपत्र तथा वस्तु विनिमय बजारसम्बन्धी नीति तथा कार्यक्रम सार्वजनिक यसै वर्षदेखि धितोपत्र कारोबारमा टी प्लस टू कार्यान्वयनमा ल्याईने बताएका हुन् । 
धितोपत्र कारोबारमा अहिले टी प्लस थ्री को व्यवस्था छ । बोर्डले टी प्लस टू कार्यान्वयनमा ल्याएपछि सेयर किनबेच भएको दोस्रो दिन नै बेच्नेको खातामा पैसा र खरिद गर्नेको खातामा सेयर आउनेछ । यस्तै बोर्डले यसै वर्षदेखि प्राइभेट इक्वीटी फण्ड तथा भेन्चर क्यापिटल जस्ता विशिष्टिकृत लगानी कोषहरु संचालन गर्न अनुमति दिने पनि अध्यक्ष ढुंगानाले बताए ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK