×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गण्डकीमा कोरोना संक्रमितको संख्या १३ सय नाघ्यो

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

गण्डकीमा कोरोना संक्रमितको संख्या १३ सय नाघ्यो

Artha Sarokar

४ श्रावण २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

बागलुङ
  • अर्थ सरोकार सम्बाददाता 
पोखरा । गण्डकीमा कोरोना संक्रमितको संख्या १३ सय नाघेको छ । आइतबार प्रदेशभरि २४ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या एक हजार ३१४ पुगेको हो ।
गण्डकी स्वास्थ्य निर्देशनालयले आइतबारमात्रै गण्डकीका ६ जिल्लामा कोरोना संक्रमित थपिएको जनाएको छ । पछिल्लो समय कोरोना संक्रमण पुष्टि हुने जिल्लामा लमजुङ र कास्कीका १२ जना छन् । जसमध्ये लमजुङका ६ र कास्कीका ६ जना रहेको छ ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षण अनुसार लमजुङका  २९ देखि ५८ वर्ष उमेर समूहका छन् । त्यस्तै, लमजुङकै मध्यविन्दु नगरपालिकाका २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु १९ र ६५ वर्षीय पुरुष हुन् । कास्कीको पोखरा महानगरमा पनि ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु २४ देखि ६७ वर्ष उमेर समूहका रहेको छ । 
आइतबार बिहानमात्रै गण्डकीका १२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । 
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी