×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मनै लोभ्याउने कञ्चनपुरको बतासे झरना, १० तस्विरमा हेर्नुहोस् कसरी बन्दैछ लोकप्रिय ? (फोटो-कथा)

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ८ श्रावण २०७७, बिहीबार

PRIME CA
laxmi sunrise bank

मनै लोभ्याउने कञ्चनपुरको बतासे झरना, १० तस्विरमा हेर्नुहोस् कसरी बन्दैछ लोकप्रिय ? (फोटो-कथा)

  • अर्थ सरोकार सम्बाददाता 
कञ्चनपुर । पर्यटन व्यवसायको सम्भावना बोकेको कञ्चनपुरमा नयाँ झरनाको पहिचान गरिएको छ । जिल्लाको शुक्लाफाँटा नगरपालिकामा पर्यटकका लागि ८ धरापानीबाट करिब ५र६ किलोमटिर र पूर्व पश्चिम राजमार्गको झालरी बाट १८ किलोमिटर चुरे क्षेत्रमा एक नयाँ झरनाको पहिचान भएको हो । झरनाको नाम बतासे झरना राखिएको छ । मनमोहन प्राकृतिक बतासे झरना सुख्खायाममा समेत कलकल बगिरहेको देख्न सकिन्छ । यहाँका आन्तरिक पर्यटकका लागि मनोरन्जन एवं अर्को गन्तव्यका लागि सो झरना उपयुक्त मानिएको छ । शुक्लाफाँटाको झलारी बजारदेखि उत्तरी क्षेत्रमा पर्ने झरनाको प्रचारप्रसार नहुँदा झरना बाह्य पर्यटनको गन्तव्य बन्न सकेको छैन् । शुक्लाफाँटा नगरपालिकाको वडा नं. ८ ले झरनाको प्रचारप्रसारमा जोड दिएको छ ।
बतासे झर्ना र सो ठाउँमा रहेको निल ताललाई पर्यटनका लागि विकास गरिने वडा अध्यक्ष बहादुरसिंह महराले बताउनुभएको छ । उहाँले भन्नुभयो, यो झरनालाई नगरकै गौरबको योजना बनाउने लक्ष्य लिएका छौँ । वडा कार्यालयले प्रचारप्रसारमा जोड दिएपछि झरना र ताल हेर्न यहाँका आन्तिरिक पर्यटक पुग्ने गरेका छन् । नगरकै गौरबको योजना बनाएर झरनाको विकास गरिने शुक्लाफाँटाका नगरका प्रमुख दिलबहादु ऐरले बताउनभयो । बतासे झरना हेर्न दैनिक रूपमा सयौंको संख्यामा आईरहेको स्थानीयहरुको भनाइ रहेको छ । वडा नं ८ मा रहेका अन्य ठाउँ  पनि पर्यटन गर्न लायक छन जस्तै माणिक धाम, निल ताल, दन्ते गुफा, माणिक ताल, छाडा पशु चौपय र थारु संगरहालय पनि सजिलै हेर्न सकिन छ । पर्यटक लोभ्याउँदै कञ्चनपुरका पर्यटकिय क्षेत्र ! हेर्नुहोस् फोटो फिचरमा…

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: