×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कर्णाली प्रदेशका ८७ प्रतिशत सङ्क्रमित कोरोना जितेर घर फर्के, अन्य संक्रमितको स्वास्थ्य अवस्था कस्तो छ ?

PRIME CA
GLOBAL IME BANK

कर्णाली प्रदेशका ८७ प्रतिशत सङ्क्रमित कोरोना जितेर घर फर्के, अन्य संक्रमितको स्वास्थ्य अवस्था कस्तो छ ?

४ श्रावण २०७७, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
कर्णाली । कर्णाली प्रदेशमा निको भएर घर फर्कने कोरोना सङ्क्रमितको सङ्ख्या बढेको छ ।  प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले शनिबार सार्वजनिक गरेको विज्ञप्तिअनुसार १७ सङ्क्रमित निको भएर घर फर्किएका हुन् । सामाजिक विकास मन्त्रालयको तथ्याङ्कलाई हेर्दा शनिबार चार जनामा मात्र कोरोना सङ्क्रमण पुष्टि भएको जनाइएको छ । यो सङ्ख्या कर्णालीमा अहिलेसम्मकै न्यून हो ।
शनिबारसम्म १७ सङ्क्रमित निको भएसँगै कर्णालीमा कोरोना भाइरस जितेर घर फर्कनेको सङ्ख्या एक हजार ५१० पुगेको मन्त्रालयका स्वास्थ्य सेवा महाशाखा प्रमुख डा लक्ष्मीनारायण तिवारीले बताए । जसमा कूल सङ्क्रमित सङ्ख्याको ८७ प्रतिशत निको भएर घर फर्किसकेका छन् 
उनले सङ्क्रमितहरुमा निको हुनेको सङ्ख्या २१३ मात्र बाँकी रहेको बताए । तीमध्ये प्रदेश अस्पताल सुर्खेतसहित यहाँका विभिन्न आइसोलेसन केन्द्रमा १२६, दैलेखमा ३५, सल्यान १६, रुकुमपश्चिममा १२, कालिकोटमा ११, जुम्लामा छ, जाजरकोटमा पाँच, मुगु र डोल्पामा एक/एक छन् भने हुम्ला सङ्क्रमितविहीन रहेको प्रमुख तिवारीले जानकारी दिए । 
सङ्क्रमण पुष्टि भएका सबै व्यक्तिहरुको अवस्था सामान्य रहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: