
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । कर्णाली प्रदेशमा संक्रमितको संख्या १ हजार ५६१ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ११ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । सर्खेतस्थित कर्णाली प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला र रुकुम पश्चिमको चौरजहारीको प्रयोगशालामा भएको परीक्षणबाट बिहीबार थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
संक्रमितमध्ये पाँचजना सुर्खेतका, चारजना रुकुम पश्चिमका र एक/एकजना जाजरकोट र दैलेखका रहेका छन् ।कर्णााली प्रदेशको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका अनुसार सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको वडानम्बर ३, ७ र १२ का एक महिलासहित पाँचजना रहेका छन् ।
यस्तै, रुकुम पश्चिमको चौरजहारी नगरपालिका-५ का एकजना र वडानम्बर ९ का तीनजना पुरुष रहेका छन् भने दैलेखको दुल्लु नगरपालिका-५ की एक महिला र जाजरकोट भेरी नगरपालिका-६ का एकजना पुरुषमा संक्रमण पुष्टि भएको छ ।
साथै, कर्णालीमा पछिल्लो २४ घण्टामा विभिन्न आइसोलेसनबाट ३० जना संक्रमित डिस्चार्ज भएका छन् । यससँगै कर्णालीमा डिस्चार्ज हुनेको संख्या १३२१ रहेको छ । २३४ जना आइसोलेसनमा रहेका छन् भने ६ जनाको मृत्यु भएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्