×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

कृषि विकास बैंकको सिस्टम ह्याक गरेर रकम चोर्ने ह्याकर पक्राउ !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ  । कृषि विकास बैंकको सिस्टम ह्याक गरी झण्डै पाँच करोड रुपैयाँ निकाल्ने गिरोहका एक सदस्यलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले धादिङको रुबी भ्यालीका सौजन तामाङलाई शनिबार साँझ ललितपुरको जावलाखेलबाट पक्राउ गरेको हो ।
तामाङले गत असोजमा कृषि विकास बैंकको मुख्य कार्यालय र न्युरोड शाखाको प्रणालीमा पहुँच राखेर विभिन्न व्यक्तिको खातामा रहेका पैसा अरुकै खातामा राखिदिएको र चार करोड ८८ लाख ४६ हजार रुपैयाँ नोक्सानी पुर्‍याएको प्रहरीले जनाएको छ । सो कसुरमा श्रवण श्रेष्ठ, सुनिता श्रेष्ठ र शुभशंकर पञ्जालाई प्रहरीले २०७६ सालमै पक्राउ गरिसकेको छ ।
हिजो पक्राउ परेका सौजन तामाङलाई जिल्ला अदालत काठमाण्डौमा उपस्थित गराइएको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: