×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

यी ‘धुन्दुकारी’ अधिकृत, जसले आफ्नी छोरीको लोकसेवाको परिक्षामा आफैं लेखिदिए, अनि लोकसेवा नै टप गराईदिए…!

PRIME CA

यी ‘धुन्दुकारी’ अधिकृत, जसले आफ्नी छोरीको लोकसेवाको परिक्षामा आफैं लेखिदिए, अनि लोकसेवा नै टप गराईदिए…!

३० असार २०७७, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । लोकसेवामा ‘दायाँ-बायाँ’ हुन्छ, घुस खुवाएर नाम निकाल्न सकिन्छ भन्ने चर्चाहरु त चलेकै हुन् । तर छोरीको उत्तरपुस्तिकामा आफैंले लेखेर छोरीलाई टप गराइन्छ भन्ने सुन्दा जो कोहिलाई अचम्म लाग्न सक्छ । तर भयो यस्तै । लोक सेवा आयोग सुरक्षा निकाय तथा संगठित महाशाखाको नतिजा तयारी शाखाका अधिकृत मिमबहादुर शाहीले आफ्नी छोरीलाई लोकसेवा परीक्षामा पास गराउन आफैं उत्तरपुस्तिकामा लेखिदिएको रहस्य खुलेको छ । ११ जेठ २०७६ मा नेपाल वायु सेवा निगमको सहायक चौथो तह (खरिदार सरह) को परीक्षामा सहभागी आफ्नी छोरीको उत्तरपुस्तिकामा लेखेर बदमासी गरे । विधि विज्ञान प्रयोगशालाले पनि उत्तरपुस्तिका सच्याएको प्रमाणित गरिसकेको आयोगले जनाएको छ ।
यस्तो रहेछ चोर-टेक्निक !अधिकृत शाहीले बस्तुगत परीक्षाको उत्तर पुस्तिकामा सबै ५० वटै प्रश्नका उत्तर ‘क्यापिटल’ नभई ‘स्मल’ ‘सी’ मात्र लेखेर बाहिरिन भनेका थिए । बुवाको निर्देशन अनुसार उनकी छोरीले पनि त्यसै गरेकी थिइन् । उत्तरपुस्तिका जाँच्ने क्रममा शाहीले पछि ‘सी’ लाई ‘ए’, ‘बी’ र ‘डी’ पनि बनाएर सच्याउँदै ५० वटा प्रश्नमा ५० वटैको सही उत्तर मिलाईदिएका थिए । अन्तत : सबै उत्तर मिलेपछि उनकि छोरीले सो विषयमा टप गरिन् ! उनको प्राप्ताङ्क अस्वाभाविक लागेपछि आयोगले छानबिन समिति बनाएर पुनः चेक गर्दा यस्तो रहस्य पत्ता लागेको थियो । 
तर यस्तो खुरापाती काम गर्नेलाई पनि कडा कारवाही गर्ने कानुन भने छैन । उनलाई हाल दरखास्त व्यवस्थापन केन्द्रमा पठाइएको पाइएको छ भने उनको पाँच वर्षसम्म बढुवा र ग्रेड वृद्धि रोक्का गर्ने तयारी छ । उनकी छोरीको भने उत्तर पुस्तिका भने रद्द गरिएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: