×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

१ सय भन्दा कम कामदार पठाउने म्यानपावर कम्पनीको पनि नविकरण हुने (भिडियो रिपोर्ट)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

१ सय भन्दा कम कामदार पठाउने म्यानपावर कम्पनीको पनि नविकरण हुने (भिडियो रिपोर्ट)

Artha Sarokar

२८ असार २०७७, आईतवार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

  • अर्थ सरोकार मल्टिमिडिया ब्युरो 
काठमाडौँ । एक सय भन्दा कम कामदार वैदेशिक रोजगारमा पठाउने म्यानपावर कम्पनीको नविकरण हुने भएको छ । कोभिड १९ का कारण वैदेशिक रोजगारमा कामदार पठाउने अवस्था नरहेपछि बाधा अडकाउ फुकाउ मार्फत एक वर्षका लागि सबै म्यानपावर कम्पनीको नविकरण गर्ने व्यवस्था गर्न लागिएको श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले बताउनुभयो । संघीय संसद प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको शुक्रबारको बैठकमा उपस्थित हुनु भएका मन्त्री यादवले कानूनमा न्यूनतम एक सय जना कामदार पठाए मात्र नविकरण हुने व्यवस्था रहेको र अहिलेको परिस्थितिका कारण कानून मन्त्रालयको सल्लाह बमोजिम बाधा अडकाउ फुकाउबाट नविकरण गर्ने गरी प्रस्ताव मन्त्री परिषद्मा पठाउन लागिएको बताउनुभयो । उहाँले यसअघि दुई पटक सम्म मन्त्री परिषदमा प्रस्ताव राखेको तर छलफल नभएपछि कानून मन्त्रालयको सहमति लिएर काम गर्न लागेको बताउनुभयो ।
वैदेशिक रोजगारीमा जाने कामदारलाई अभिमुखिकरण दिने संस्थाहरुको नविकरण गर्ने सम्बन्धमा भने कानून मन्त्रालयको सहमति नभएकाले नविकरण के गर्ने भन्ने अन्योल भएको बताउनुभयो । नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष विष्णु प्रसाद गैह्रेले सबै म्यानपावर कम्पनीको नविकरणको प्रक्रियाको सुरुवात गर्न माग गर्नुभयो । उहाँले असार मसान्त भित्र नविकरण भइसक्नुपर्ने व्यवस्था भएकाले अहिले नै नविकरणको प्रक्रियाको सुरुवात गर्नुपर्ने बताउनुभयो । सरकारबाट निर्णय ढिलो हुँदा ७५ प्रतिशत वैदेशिक रोजगार व्यवसायी कम्पनी बन्द हुने अवस्था आउन लागेको र असार मसान्त सकिन चार दिन मात्र बाँकी रहेकाले छिटो निर्णय गरी कम्तिमा नविकरणको प्रक्रियामा जान दिन आग्रह गर्नुभयो ।
छलफलमा सांसदहरुले एकसय जना पनि कामदार पठाउन नसक्ने म्यानपावर कम्पनीलाई नविकरण गर्नुपर्छ भन्ने पक्षमा आफुहरु नरहेको तर अहिलेको परिस्थितिका कारण एउटा आर्थिक वर्षका लागि नविकरण गर्ने व्यवस्था छिटो मिलाउन आग्रह गरेका छन् । कानूनमा भएको व्यवस्था परिवर्तन गर्न नसकिने भएकाले सकेसम्म लचकता अपनाएर सहज बनाउन मन्त्रालयले नै अग्रसरता लिनुपर्ने सांसदहरुले बताए ।
वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहालले वैदेशिक रोजगारमा जाने नयाँ कामदारको श्रम स्वीकृति रोकिएको बताउनुभयो । उहाँले पुनः श्रम स्वीकृति लिनेहरुका लागि भने अनलाइन प्रणाली मार्फत आवेदन दिन सकिने र तोकिएको दिन र समयमा आएर श्रम स्वीकृति नविकरण गर्न सक्ने व्यवस्था गरिएको बताउनुभयो । उहाँले सात वटै प्रदेशका कार्यालयबाट श्रम स्वीकृति लिन सकिने व्यवस्था मिलाइएको समेत बताउनुभयो ।
कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउन गरेपछि वैदेशिक रोजगार क्षेत्र प्रभावित भएको छ । सबै अन्तर्राष्ट्रिय उडान बन्द रहेको र श्रम स्वीकृति पनि बन्द भएका कारण म्यानपावर कम्पनी पूर्ण रुपमा बन्द भएका छन् । व्यवसायीहरुले न्यूनतम एक सय जना कामदार नपठाए नविकरण नहुने अवस्था आएपछि सहजिकरण गरी एक वर्षका लागि नविकरण गर्न दिन माग गर्दै आएका छन् । यस्तै अभिमुखिकरण सेवा दिने संस्थाहरुको पनि नविकरण हुने व्यवस्था मिलाउन व्यवसायीहरुले माग गरेका छन् । हेर्नुहोस् भिडियो:
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रति्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी