×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

ब्रान्च मेनेजरसहित नेपाल बंगलादेश बैंकका ३ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टी, संक्रमित सबै एउटै शाखाका !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । नेपाल बंगलादेश बैंक लिमिटेडमा कार्यरत ३ जना कर्मचारीहरुलाई कोरोना संक्रमण भएको पुष्टी भएको छ । बैंकको बीरगन्जस्थित शाखाका ब्रान्च मेनेजरसहित सोहि शाखामा कार्यरत अन्य २ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको हो । 
संक्रमितहरुको अहिले आइसोलेसनमा रहेको र स्वास्थ्य अवस्थासमेत सामान्य रहेको बुझिएको छ । संक्रमितहरुमध्ये दुई जना बीरगंजमै आइसोलेसनमा छन् भने एक जना पाटन अस्पतालमा आइसोलेसन कक्षमा छन् ।
बीरगंजमा कोरोना प्रकोपका कारण अधिकांस बैंक तथा वित्तीय संस्थाका शाखाहरुबाट दिइने सेवाहरु प्रभावित छन् । हिजो नै मात्र पनि मेगा बैंकका एक कर्मचारीलाई कोरोना संक्रमण पुष्टी भएको थियो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: