- अर्थ सरोकार सम्बाददाता
काठमाडौं। नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका सबै शाखा कार्यालय खोल्न निर्देशन दिएको छ । बिहिबार केन्द्रिय बैंकले दिएको निर्देशन अनुसार सम्पूर्ण स्वास्थ्य सुरक्षाको पालना गरी भीडभाड नहुने व्यवस्था मिलाउन तथा आवश्यक दूरी कायम गरी बैंक तथा वित्तीय संस्था सञ्चालक गर्नुपर्ने छ । केन्द्रीय बैंकले बिहीबार बैंक तथा वित्तीय संस्थालाई परिपत्र गर्दै ‘सिफ्ट सिस्टम’ हटाउन पनि भनेको छ ।
कोभिड-१९ संक्रमण बढेको भन्दै गत चैत ११ गतेदेखि सरकारले लकडाउन गरेको थियो । लकडाउन गरेपछि बैंक तथा वित्तीय संस्थाले सीमित संख्यामा सीमित समयका लागि मात्रै शाखा कार्यालय सञ्चालन गरेका थिए । बैंकिङ कारोबार समयसम्म नियमित रुपमा शाखा खोलेर सेवाग्राहीलाई सेवा दिन केन्द्रीय बैंकले परिपत्रमा भनेको छ । केन्द्रीय बैंकले स्वास्थ्यसम्बन्धी मापदण्डको पूर्ण परिपालना गर्न, कार्यालयमा भीडभाड कम हुने वातावरण बनाउन समेत निर्देशन दिएको छ ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्