×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

कर तिर्दा आय विवरण समेत पेस गर्न मिल्ने व्यवस्था गर्न वाणिज्य बैंकहरुलाई निर्देशन, साना करदातालाई राहत !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नियामक निकाय नेपाल राष्ट्र बैंकले साउन १ गते (बिहीबार)देखि बैंकमार्फत कर तिर्दा आय विवरण समेत पेस गर्न मिल्ने व्यवस्था गर्न वाणिज्य बैंकहरुलाई निर्देशन दिएको छ । राष्ट्र बैंकले एक सूचना जारी गर्दै वाणिज्य बैंकहरुलाई यस्तो निर्देशन दिएको हो । 
‘आय विवरण तथा कर दाखिला फारम (डे आय विवरण फारम) भराइ सोही बमोजिम गराउन जानकारी गराउनुपर्नेछ ।’ राष्ट्र बैंकले जारी गरेको सूचनामा उल्लेख गरिएको छ । नयाँ व्यवस्थाबाट अब साना करदाताले मोवाइल एप्स तथा विद्युतीय माध्यमबाट कर तथा आय विवरण बुझाउन पाउने भएका छन् । आर्थिक वर्ष २०७७/०७८ को बुँदा नम्बर ३३३ मा साना करदाताले (वार्षिक २० लाखसम्मको कारोबार गर्ने) आय विवरण र कर मोबाइल एप्स मार्फत तथा अन्य विद्युतीय माध्यम मार्फत बुझाउन सकिने र बैंकमार्फत कर भुक्तानी गर्दा आय विवरण समेत बुझाउने गरी व्यवस्था मिलाइने भनिएको थियो । सोही व्यवस्थालाई लागु गर्न राष्ट्र बैंकले वाणिज्य बैंकलाई निर्देशन दिएको हो । 
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: