×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पेट्रोलियम पदार्थ बिक्रीका लागि आएका १ हजार २५ वटा निवेदन खारेज, दस्तुर रकमसमेत फिर्ता लिन आग्रह !

PRIME CA

पेट्रोलियम पदार्थ बिक्रीका लागि आएका १ हजार २५ वटा निवेदन खारेज, दस्तुर रकमसमेत फिर्ता लिन आग्रह !

२८ असार २०७७, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थ बिक्रीका लागि आएका १ हजार २५ वटा निवेदन खारेज गरेको छ । निगमले एक विज्ञप्ति जारी गर्दै यस्तो जनाएको हो । आएका निवेदन हाल पेट्रोलियम पदार्थ बिक्री केन्द्र भएको ठाउँकै लागि भएकाले निगमको सञ्चालक बोर्डले खारेज गरेको हो । ‘नयाँ बिक्रेताका लागि पर्न आएको निवेदनहरू जनसंख्या, भुगोल, सवारी साधनको तथा सडक घनत्वका आधारमा उपयुक्त छैनन्,’ विज्ञप्तिमा उल्लेख छ ।
२०७६ वैशाख १७ र भदौ १० गते निगमले पेट्रोलियम पदार्थ विक्रीका लागि नयाँ विक्रेता नियुक्त गर्न आवदेन मागेको थियो । तर, अहिले पेट्रोल पम्प रहेकै क्षेत्रबाट नयाँ विक्रेता माग भएकाले आवेदन रद्ध गरिएको निगमले पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ । यस्तै निगमले आवेदन दिँदा बुझाएको दस्तुर रकमसमेत फिर्ता लिन आग्रह गरेको छ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: