Skip to content
LAXMI SUNRISE BANK

साउनको पहिलो सोमबार, यस्तो छ पशुपतिको माहोल (फोटो-कथा)

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । साउनको पहिलो सोमबार पशुपतिनाथ मन्दिर सुनसान बनेको छ । धार्मिक एवं पर्यटकीय दृष्टिले महत्वपूर्ण स्थल रहेको यो क्षेत्र कोरोना भाइरसले माहामारीको रुप लिएयता नै सुनसान बनेको हो । पशुपतिनाथको मन्दिरमा कुन पर्वमा मात्रै भिड नभएर हरेक दिन नै दर्शनार्थीहरुको भिड लाग्ने गरेको थियो । 
यस मन्दिरमा देश विदेशबाट दर्शन गर्न आउने गरेको थिए तर पछिल्लो समय आन्तरिक तथा उडानहरु बन्द रहेकाले आउन पाएका छैनन् । हुन् त पशुपतिनाथ मन्दिरमा कोरोना नियन्त्रण गर्ने भन्दै दर्शनार्थीहरुलाई मन्दिर परिसर भित्र जना दीइएको छैन ।

अति प्राचीन पूजास्थल, मठ मन्दिर र मूर्तिहरू तथा प्राचीन अभिलेखहरूको अवस्थित हुनाले पशुपतिनाथको मन्दिर क्षेत्र खुला संग्रहालय जस्तै देखिन्छ । शैव, शाक्त, वैष्णव, बौद्ध, जैन सौर, गाणपत, नाथ सिख आदि प्रमुख सम्प्रदायका भक्तजनहरूका लागि पशुपति क्षेत्र सदैव समान आस्था एवं श्रद्धाको केन्द्र बनेको छ। 

पशुपतिनाथको मन्दिर एक जीवन्त सम्पदाको रुपमा रहेको छ। जन्म देखि मृत्युसम्मका संस्कार सम्पन्न गरिने यस स्थलमा वागमती नदीले यसको महिमा अझै बढाएको छ । बाँकी फोटो फिचरमा।।।!
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK