- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य फेरी बढेको छ । निगमले पेट्रोल, डिजेल र मटितेलमा प्रतिलिटर एक रुपैयाँले भाउ बढाएको हो । १० दिनकै बीचमा पेट्रोलको मूल्य लिटरमा ६ र डिजेलमा ३ रुपैयाँले बढेको छ ।
अब पेट्रोलको मूलय लिटरको १०२ रुपैयाँ पुगेको छ भने डिजेल र मटितेलको मूल्य प्रतिलिटर ८८ रुपैयाँ भएको छ । हवाई इनधन र खाना पकाउने ग्यासको मूल्य यथावत राखिएको छ ।