×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

देश बोल्ने फोटो कथा – बैंकले ‘किस्ता तिर्नू’ भनेपछि व्यवसायीले बुझाए चाबी, बेनी सडक खण्डसम्म पुगेन असारे विकास !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २३ असार २०७७, मंगलवार

PRIME CA
laxmi sunrise bank

देश बोल्ने फोटो कथा – बैंकले ‘किस्ता तिर्नू’ भनेपछि व्यवसायीले बुझाए चाबी, बेनी सडक खण्डसम्म पुगेन असारे विकास !

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । आज कुन कुन ठाउँमा के के भयो ?यी दृश्यहरु आफैं बोलिरहेछन् । 
आजको अंकमा हामीले बैंक वित्तीय संस्थाबाट यातायात व्यावसायीलाई किस्ता तिर्न ताकेता भएको र सार्वजनिक यातायात ठप्प रहेको हालको अवस्थामा किस्ता तिर्न नसकिने भन्दै गाडीका चाबी सोमबार पोखरामा एक बैंकका क्षेत्रीय प्रबन्धकलाई बुझाउँदै पृथ्वीराजमार्ग यातायात कम्पनी प्रालिका अध्यक्ष योगेन्द्रबहादुर केसीदेखि मालढुङ्गा–बेनी सडकअन्तर्गत वारीबेनीस्थित जुगेपानीमा मङ्गलबार बिहान आएको पहिरोमा फसेको ट्रक निकाल्ने प्रयास गरिँदैसम्मका दृश्यको फोटो समाचार समेटेका छौं ।
हेरौं फोटो समाचार :
बन्दाबन्दीका अवधिमासमेत बैंक वित्तीय संस्थाबाट यातायात व्यावसायीलाई किस्ता तिर्न ताकेता भएको र सार्वजनिक यातायात ठप्प रहेको हालको अवस्थामा किस्ता तिर्न नसकिने भन्दै गाडीका चाबी सोमबार पोखरामा एक बैंकका क्षेत्रीय प्रबन्धकलाई बुझाउँदै पृथ्वीराजमार्ग यातायात कम्पनी प्रालिका अध्यक्ष योगेन्द्रबहादुर केसी । समितिले हालको असहज अवस्थामा छ महिना किस्ताको म्याद थप गर्न माग गरेको छ ।
मालढुङ्गा–बेनी सडकअन्तर्गत वारीबेनीस्थित जुगेपानीमा मङ्गलबार बिहान आएको पहिरोमा फसेको ट्रक निकाल्ने प्रयास गरिँदै ।
ग्लोबल आएमई बैंक लिमिटेड धनगढीका प्रतिनिधि सोमबार सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई प्रदेशको कोरोना भाइरस नियन्त्रण तथा उपचार कोषका लागि रु २० लाखको चेक हस्तान्तरण गर्दै ।
तनहुँको व्यासनगरपालिका–१ स्थित ठूलो गाउँ टोलमा नाला निर्माण गर्दै मजदूर । शहरी विकास मन्त्रालयबाट ठूलो गाउँ, कराङ्काठ र सरस्वती टोलमा नाला निर्माणका लागि रु ५० लाख विनियोजन गरिएको थियो । 
कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा रहेका चितल । बासस्थानको सुधार भएपछि चितलको सङ्ख्या बढेको छ ।
पशुपतिनाथ मन्दिर परिसरको दक्षिणतर्फको बाहिरी द्वार मङ्गलबार उद्घाटनपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईसँग उद्घाटन कार्यक्रमका सहभागीहरु ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई मङ्गलबार पशुपतिनाथ मन्दिरस्थित कैलाशमा वृक्षरोपण गर्दै । 
पाल्पा रामपुर नगरपालिका वडा नं ५ स्थित राम्चे सामुदायिक वनको वनभोजस्थल परिसरमा निर्माण गरिएको क्यारीमा वन समूहका पदाधिकारी तथा उपभाक्ताहरु फूल रोप्दै । 
रुपन्देही क्षेत्र नम्बर १ को रोहिणी गाउँपालिकाबाट विपन्न परिवारलाई बाख्रा वितरण ।  मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमअन्तर्गत गाउँपालिकाका ४४ घरधुरीका विपन्न परिवारलाई प्रदेश नं ५ का प्रदेशसभा सदस्य डा कृष्ण न्यौपाने मङ्गलबार बाख्रा वितरण  गर्ने क्रममा । 
राँगाद्वारा धान रोप्नका लागि खेत जोत्दै बारबर्दिया नगरपालिका–११ फच्कहवाका किसान । आधुनिक कृषि औजार प्रयोग नगरी यहाँका किसानले परम्परागत प्रविधि अपनाइरहेका छन् । 
पाल्पाको रामपुर नगरपालिका–५ स्थित बेझाडबजार क्षेत्रका खाद्यान्न पसल अनुगमन गर्दै नगर उपप्रमुख विष्णुदेवी घिमिरेसहितको टोली ।
रोपाइँ गर्न बारबर्दिया नगरपालिका–११ जब्दीका किसान धानको बीउ काढ्दै । रोपाइँ गर्न उखेलिएको धानको बीउ चर्को घामबाट सुक्न नदिन बीउको टुप्पाभित्र र जरा बाहिर पारेर थुपारिएको हो । 
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ रत्नपार्कको किराँतचोकस्थित कालोपत्र गरिएको ठाउँमा थुपारिएका निर्माण सामग्री । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारको सडक ढलान गर्न निर्माण सामग्री थुपार्दा सडकको दायाँबायाँ करिब ३०० मिटर कालोपत्र उप्किएको छ ।
पोखराको प्रसिद्ध फेवातालको बीचबाट देखिएको माछापुच्छ्रे हिमालको सुन्दर दृश्य ।
बेनी–मालढुङ्गा सडकखण्डको वारी बेनीमा माथिबाट आएको पहिरोमा फसेको मालवाहक ट्रक । सोमबार रातिदेखिको अविरल वर्षाका कारण बेनी–मालढुंगा, बेनी–जोमसोम र बेनी–दरबाङ सडकखण्ड पहिरोले अवरुद्ध भएको छ । 
कैलालीको टीकापुर–८ श्रीलङ्कामा कर्णाली नदीले कटान गरेको जमिन । खेतीयोग्य जमिन नदीले कटान गरेपछि स्थानीयवासी चिन्तत छन्।  नदीको कटानले कैलाली र बर्दिया जोड्ने कर्णाली पुलसमेत जोखिममा परेको छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: