×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

देश बोल्ने फोटो कथा : २५ तस्विरमा हेर्नुहोस् नयाँ आर्थिक वर्षको पहिलो दिन कुन-कुन ठाउँमा के-के भयो ?

PRIME CA

देश बोल्ने फोटो कथा : २५ तस्विरमा हेर्नुहोस् नयाँ आर्थिक वर्षको पहिलो दिन कुन-कुन ठाउँमा के-के भयो ?

१ श्रावण २०७७, बिहीबार

पढ्न लाग्ने समय: < ३ मिनेट

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । आज कुन कुन ठाउँमा के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् । 
आजको अंकमा हामीले नयाँ आर्थिक वर्षको पहिलो दिन विभिन्न स्थानमा घटेका घटनाहरुको फोटो समाचारसमेटेका छौं । 
हेरौं फोटो समाचार :
बाँकेको नरैनापुर र डुडुवा गाउँपालिकामा असार ३१ गते साँझ देखापरेको सलह कीरा बिहीबार बिहान नेपालगञ्ज हुँदै उत्तर–पश्चिमतर्फ अघि बढ्दै । बाँकेमा झण्डै १० लाखको सङ्ख्यामा सलह देखिएको कृषि ज्ञान केन्द्र नेपालगञ्जका प्रमुख सागर ढकालले जानकारी दिनुभयो ।
तनहुँको व्यास नगरपालिका–५ स्थित मानहुँकोट जाने बाटोमा खसेको पहिरो पन्छाइँदै ।
प्रदेश नं ५ को भौतिक पूर्वाधार विकासमन्त्री एवं प्रवक्ता बैजनाथ चौधरी बुटवलमा बिहीबार बसेकोे मन्त्रिपरिषद् बैठकको निर्णय पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्दै । 
सुदूरपश्चिम प्रदेश प्रहरी तालिम केन्द्र दिपायलबाट बिहीबार पास आउट भएर कार्यक्षेत्र जान लागेका ७९ औँ समूहका प्रशिक्षार्थी प्रहरी जवानलाई दज्र्यानी चिन्ह लगाइ दिँदै सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख (डिआइजी) उत्तमराज सुवेदी ।
तनहुँको व्यासनगरपालिका–३ स्थित शिवपाञ्चयन मन्दिर क्षेत्रमा टिकटक बनाउँदै एक युवती । पछिल्लो समय टिकटक बनाउने एक किसिमको फेशन जस्तै बन्ने गरेको छ ।
तनहुँको व्यासनगरपालिका–५ बेनी पाटनस्थित मादी नदीमा माछा मार्दै । वर्षा यामको उर्लँदो भेलमा पनि ज्यानको बाजी थापेर मानिसहरुले  माछा मार्ने काम गर्दै आएका छन् । 
तनहुँको व्यास नगरपालिका– २ र १ जोड्ने बुल्दी पुल गत सोमबार बुल्दी खोलामा आएको बाढीका कारण जोखिममा । उक्त पुल हुँदै व्यास नगरपालिकाका र ऋषिङ गाउँपालिका केही वडा र बुद्धसिं मार्ग हुँदै चितवनसम्म जोडिने पुल हो । 
‘कोभिड– १९’ को नियन्त्रण तथा रोकथामका लागि सरकारले लगाएको बन्दाबन्दीपश्चात् सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णयपछि बिहीबारदेखि ललितपुरको लगनखेलमा  गुुडेको साझा यातायात  बस । 
पोखराको चिप्लेढुङ्गा बजारमा हातमा मेहन्दी लगाउँदै युवती । साउन महिनामा विशेष गरेर महिलाहरुले हातमा मेहन्दी र हरियो चुरा लगाउने गर्छन् ।
बागलुङ सदरमुकाममा सडक मापदण्डभित्र परेको संरचना हटाइँदै । बागलुङ नगरपालिकाले सडक विस्तार र चोक सुधारको काम अघि बढाएको छ ।
तुलसीपुर उपमहानगरपालिका नगदविहीन अर्थात क्यासलेस हुँदै । आर्थिक सुशासनका साथै बैकिङ्ग प्रणालीप्रति अभ्यस्त बनाउनका लागि उपमहानगरपालिकामा स्थापना गरिएको मेगा  बैंकको काउन्टरको बिहीबार उद्घाटन गर्दै नगर प्रमुख घनश्याम पाण्डे ।
बाँकेको नरैनापुर र डुडुवा गाउँपालिकामा असार ३१ गते साँझ देखापरेको सलह कीरा । सलह नेपालगञ्ज हुँदै उत्तर–पश्चिमतर्फ अघि बढेको छ । बाँकेमा झण्डै १० लाखको सङ्ख्यामा सलह देखिएको कृषि ज्ञान केन्द्र नेपालगञ्जका प्रमुख सागर ढकालले जानकारी दिनुभयो । 
पाल्पाको रम्भा गाउँपालिका–३, खोकखोलाका प्रतिभाशाली न्यौपाने दाजुभाइले बनाएको कार चलाउँदै आशिष न्यौपाने । तिनले बन्दाबन्दी अवधिमा कार बनाई कच्ची सडकमा कृषिजन्य सामानको ढुवानी गर्दै आएका छन् ।
पहिराले घर पुरिँदा बेपत्ता भएका तनहुँको व्यास नगरपालिका–९ माझफाँटका २० वर्षीय राजेश थापाको खोजी कार्य गर्दै नेपाली सेना । सोमबारदेखि हराइरहेका थापा बुधबारसम्म फेला पर्न सकेका छैनन् ।
तनहुँको म्याग्दे गाउँपालिका–४ घुम्तीस्थित खेतमा बाढी पसेर रोपिसकेको धान नदेखिने गरी पु¥याएको क्षति ।  बाढीले जिल्लाका अधिकांश खोला किनारका खेतहरुमा रोपाइँ भइसकेको धानबाली नष्ट गरेको छ । 
लमजुङ बेँसीशहर नगरपालिका– ७ स्थित सातविसेमा पहिरोले मृत्यु भएका दीपक तामाङको बुबा हर्कबहादुर र आमा कान्छी तामाङलाई बुधबार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राहतस्वरुप जनही रु ५० हजारका दरले  एक लाख ५० हजार रुपैयाँ हस्तान्तरण गर्दै । गत असार २५ गते एउटै परिवारका दीपक तामाङ, विमाया तामाङ र छेवाङ तामाङको मृत्यु भएको थियो । 
कैलालीको जानकी– ३ सुवर्णपुरस्थित हातेमालो महिला सञ्जालमा आबद्ध महिला आफैँ भवन निर्माण गर्दै । गाउँपालिकाको सहयोगमा निर्माण भइरहेका भवन निर्माणमा महिला आफैँ जुटेका हुन् । सञ्जालमा २० वटा समूहका ४०० महिला आबद्ध छन् । उनीहरुले पालैपालो श्रमदान गरिरहेका छन् ।
डुङ्गामा बसेर पोखराको फेवाताल हेरिरहेका डुङ्गा चालक युवक । बन्दाबन्दीले लामो समय डुङ्गा नचल्दा डुङ्गा चालकको रोजीरोटीमा समस्या आएको छ । 
सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका वडा नं ४ मा गए राति खसेको पहिरोमा परी वेपत्ता भएका पाँच जनामध्ये दुई जनाको शव फेला परेको छ भने वेपत्ता भएका तीन जनाको खोजी गर्दै नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय बासिन्दा ।  
म्याग्दीको दानादेखि पर्वतको खुर्कोट जोड्ने २२० केभी क्षमताको प्रसारण लाइन अन्तर्गत धाइरीङको डिलबाट खसेको पहिरोका कारण पल्टिएको मिलनचोकस्थित १४ नम्बरको टावर । 
म्याग्दीको दानादेखि पर्वतको खुर्कोट जोड्ने २२० केभी क्षमताको प्रसारण लाइन अन्तर्गत धाइरीङको डिलबाट खसेको पहिरोका कारण पल्टिएको मिलनचोकस्थित १४ नम्बरको टावर ।
दाङको गढवास्थित कक्रहवा खोलामा निर्माण भएको तटबन्ध । तटबन्ध निर्माण भएपछि खेतीयोग्य जमिन सुरक्षित भएको छ । 
दाङको लमहीमा रहेको जीर्ण अबस्थामा रहेको अर्जुनखोला सिंचाइ आयोजना । सिंचाइ आयोजना जीर्ण बन्न थालेपछि किसानहरु चिन्तित बन्न थालेका छन् । 
सुदूरपश्चिम प्रदेश प्रहरी तालिम केन्द्र दिपायलमा बिहीबार पास आउट भएर कार्यक्षेत्र जान लागेका प्रशिक्षार्थी प्रहरी जवान आफूले सिकेको परेड देखाउँदै ।
अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडा बिहीबार मन्त्रालयमा आव २०७७/७८ को नीति तथा कार्यक्रम र बजेट वक्तव्यमा उल्लिखित बुँदाहरुको कार्यान्वयन एकीकृत विवरण सार्वजनिक गर्दै ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: