×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

देश बोल्ने फोटो कथा : देशभरका नदीहरुमा पानी बहाव बढ्यो, स्कुल नलागेपछि गिट्टी कुटेर समय बिताउँदै बालबालिका !

PRIME CA

देश बोल्ने फोटो कथा : देशभरका नदीहरुमा पानी बहाव बढ्यो, स्कुल नलागेपछि गिट्टी कुटेर समय बिताउँदै बालबालिका !

५ श्रावण २०७७, सोमबार

पढ्न लाग्ने समय: < २ मिनेट

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । आज कुन कुन ठाउँमा के के भयो ?यी दृश्यहरु आफैं बोलिरहेछन् । 
आजको अंकमा हामीले लगातारको वर्षका कारण देशभरका अधिकाशं नदीहरुमा पानीको बहाव बढेकोदेखि विद्यालयमा पठनपाठन नहुने भएपछि गाउँघरमा बालबालिका अभिभावकसँगै गिट्टी कुटेर समय बिताउँदैसम्मका दृश्यलाई फोटो समाचारमा समेटेका छौं ।
हेरौं फोटो समाचार :
दार्चुलाको सदरमुकाम खलङ्गा नजिकै महाकाली नगरपालिका–५स्थित धौलीगाड खोलामा बाढी आउँदा महाकाली लोकमार्गको सडक अवरुद्ध  । बाढीले लोकमार्गमा क्षति पु¥याएपछि  सवारी साधन आवगमनमा समस्या भएको छ भने नमस्कार बस्ती जोखिममा परेको छ । 
बन्दाबन्दीको समयमा व्यास गाउँपालिकाका विद्यार्थी गिट्टी कुटेर समय विताउँदै । विद्यालयमा पठनपाठन नहुने भएपछि गाउँघरमा बालबालिका अभिभावकसँगै गिट्टी कुटेर समय बिताउँदैछन् ।
लगातार तीन दिनसम्म परेको वर्षापछि वढेको नारायणी नदीको बहावले खतराको विन्दु नाघ्यो । नारायणगढ बजार नजिकैबाट सोमबार दिउँसो देखिएको नदीको दृश्य । 
दार्चुलाको महाकाली नगरपालिका–५, नमस्कार बस्ती नजिकै धौलीगाड खोलाको बाढीले  महाकाली लोकमार्गको सडक भत्किएर  खोला थुनेपछि ढुङ्गा माटो पन्छाउँदै स्काभेटर । 
बाजुराको बुढीगंगा नगरपालिका वडा नं २ को ताप्रीसेरा हुँदै बग्ने खट्टे खोलामा आइतबार राति आएको बाढीका कारण ताप्रीसेराको बस्ती जोखिमका साथै लाखौंको क्षति ।
साउनको पहिलो सोमबार पशुपतिनाथ मन्दिरमा पूजा गर्न पुगेका भक्तजन । कोभिड– १९ को  सङ्क्रमण नियन्त्रण तथा रोकथामका लागि सरकारले लागू गरेको बन्दाबन्दी जारी  रहेकोले पूजा गर्न मन्दिरको ढोका भने खुलेको छैन । 
लामो बन्दाबन्दीपछि सोमबार सञ्चालित सार्वजनिक सवारी साधन हिमाल–तराई यातायात प्रालिको बस बनेपा बसपार्कमा यात्रु कुर्दै । सो प्रालिको बसले बनेपा–भकुण्डे–नेपालथोक सडकखण्ड अन्तर्गत काभ्रेपलाञ्चोक र सिन्धुलीको सिमाना आँपघारीसम्म सेवा दिन थालेका छन् । 
अविरल वर्षाका कारण नदीमा आएको बाढीले तनहुँको आँबुखैरेनी गाउँपालिकास्थित खानेपानी योजनाको कार्यालय भवन डुबानमा ।
पवित्र तीर्थस्थल देवघाटधामस्थित झोलुङ्गेपुल । बन्दाबन्दीका कारण यसवर्ष देवघाटमा बोलबम मेला गर्न रोक लगाएपछि भक्तजनको सङ्ख्या न्यून छ । 
अविरल वर्षका कारण नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत इच्छाकामना गाउँपालिका–६, चार किलोमा खसेको पहिरो । पूर्ण रुपमा अवरुद्ध  भएको सडकको पहिरो पन्छाइँदै । 
चितवन, तनहुँ र नवलपुरको सङ्गम पवित्र तीर्थस्थल देवघाटधाम । कोरोना भाइरस सङ्क्रणका कारण यसवर्ष देवघाटमा बोलबम मेला गर्न रोक लगाएपछि साउन महिनाको पहिलो सोमबार भक्तजनको सङ्ख्या न्यून देखिएको छ ।
साउन महिनाको पहिलो सोमबार पवित्र तीर्थस्थल देवघाट धाममा स्नान गर्दै युवा ।
पृथ्वी राजमार्ग अन्तर्गत पोखरा भित्रिने मुख्य नाकामा रहेको विजयपुर खोलाको जीर्ण पुल मर्मत गर्दै मजदुरहरु । पुल जीर्ण हुँदा तत्काल बेलिब्रिज निर्माण गरेर आवागमन सहज बनाइएको थियो । जलप नेपाल प्रालिले रु एक करोड ३९ लाखमा मर्मत कार्यको जिम्मा लिएको उक्त पुलको हाल ५० प्रतिशत मर्मतको काम सम्पन्न भएको छ । 
लगातारको वर्षातका कारण पहिरो जाँँदा जोखिममा परेका डोटीको दिपायल सिलगढी नगरपालिका–६ सिलगढीमा रहेका घर ।
महाकाली नदीमा बाढीसँगै बगेर आउने काठ एवं दाउरा सङ्कलन गर्न महाकाली नदीमा पुगेका कञ्चनपुरको भीमदत्तनगरपालिका–१३ का स्थानीयवासी ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: