
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । सरकारी स्वामित्वका दुई बीमा कम्पनीलाई कारवाही गर्न माग गर्दै महालेखापरिक्षकको कार्यालयले अर्थ मन्त्रालयलाई पत्र पठाएको छ । राष्ट्रिय बिमा कम्पनी र राष्ट्रिय बिमा संस्थानले समयमा लेखापरिक्षण नगरेको भन्दै कार्यालयले कारवाहीका लागि अर्थ मन्त्रालयमा पत्र पठाएको हो ।

यस्तो अवस्थामा बीमा समितिसमेत जिम्मेवार रहेको भन्दै लेखपरिक्षणमा पनि अनुगमन गर्नुपर्ने महालेखाको भनाइ छ ।