×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

देश बोल्ने फोटो कथा : तनहुँमा विभिन्न ठाउँका सडक अवरुद्ध, धनगढीको यातायात कार्यालयमा कोरोनाको उच्च जोखिम !

PRIME CA

देश बोल्ने फोटो कथा : तनहुँमा विभिन्न ठाउँका सडक अवरुद्ध, धनगढीको यातायात कार्यालयमा कोरोनाको उच्च जोखिम !

३० असार २०७७, मंगलवार

पढ्न लाग्ने समय: < २ मिनेट

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । आज कुन कुन ठाउँमा के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् । आजको अंकमा हामीले लगातारको वर्षाले तनहुँमा विभिन्न ठाउँका सडक अवरुद्ध भएकोदेखि दुरी कायम नगर्दा धनगढीको यातायात व्यवस्था कार्यालयमा कोरोनाको उच्च जोखिमसम्मका दृश्यको फोटो समाचार समेटेका छौं । 
हेरौं फोटो समाचार :
यातायात व्यवस्था कार्यालय धनगढीमा कर तिर्ने करदाताको भीड । कोरोनाको जोखिम बढिरहेका बेला जरिवानाबाट बच्न  कार्यालयमा सवारीसाधनको कर तिर्न आएका करदाताबीच भौतिक दूरी कायम गरेको  भने देखिदैन । 
घाँसको भारी बोकेर बागलुङ, काठेखोला गाउँपालिका–७ स्थित भुँदीखोला तर्दै युवक । 
बागलुङ नगर खानेपानी तथा उपभोक्ता संस्थाद्वारा बागलुङको सदरमुकाममा आपूर्ति भइरहेको रेश मुहानबाट ल्याइएकोे खानेपानीको पाइप काठेखोला गाउँपालिका–६ दोबिल्लामा पहिरोले अवरुद्ध पारेपछि जोखिम मोलेर पाइप मर्मत गर्दै उपभोक्ता संस्थाका कर्मचारी ।
कागतीको बिरुवा ढुवानी गरेर रोप्न लैजाने तयारी गर्दै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपाका किसान । फलफूलका लागि उपयुक्त भूगोल रहेको बुइपालाई नगरपालिकाले कागती उत्पादनको पकेट क्षेत्र घोषणा गरेपछि त्यहाँका किसान व्यावसायिक खेतीमा लागेका छन् । 
पोखरा महानगरपालिका–२३ को फेवाफाँटमा हरियाली बनेको धान । यस वर्ष समयमै पानी परेकाले जिल्लाका अधिकांश स्थानमा असार महिनामै रोपाइँ सकिएको छ । 
तनहुँको भिमादनगरपालिका–३, भीमगोफास्थित भत्किएको ग्रामीण सडक । सडक छेउबाट पहिरो खसेपछि सवारी साधन आवतजावतमा समस्या भएको छ । 
तनहुँको भिमादनगरपालिका–३ र ४ जोड्ने मैदीखोलामा आएको बाढीले  बगाएको कल्भर्ड  । बाढीले कल्भर्ड बगाएपछि ग्रामीण क्षेत्रमा आवतजावत अवरुद्ध भएको छ । 
अबिरल बर्षाकाकारण पृथ्वीराजमार्ग अन्र्तगत तनहुँको व्यासनगरपालिका–१ बुल्दीखोला नजिक चिरिएर क्षति भएको राजमार्ग सडक ।
सङ्खुवासभाको सिसुवाखोलास्थित बेसिन्दा गाउँमा पहिरोले विस्थापित भएका ७३ घरका ३४९ जनालाई सदरमुकाम खांदबारीबाट मङ्गलबार नेपाली सेनाको हेलिकप्टरमा लगिएको राहत सामग्री । गत आइतबार पहिरोले बेसिन्दा गाउँको नौ घर बगाएको थियो भने ११ जना बेपत्ता भएका छन् ।
कैलालीको टीकापुर वडा नं ६ का थारू महिला पानी जमेको खोल्सामा माछा मार्दै ।  खेतीपातीको काम सकिएपछि फुर्सतको समयमा नदी तथा खोला र पानी जम्ने ठाउँमा गएर थारु समुदायका महिला माछा मार्ने गर्छन् ।  
कास्की आन्तरिक राजश्व कार्यालयमा सामाजिक दूरी कायम गरी राजश्व  तिर्न लाइनमा बसेका सेवाग्राही । आर्थिक वर्ष अन्त्य हुनै लाग्दा कर बुझाउने सेवाग्राहीको चाप बढेको छ ।
कास्की कारागारका कैदीबन्दीले तयार गरी बिक्रीका लागि राखिएको मुढा । मुढा रु ४०० देखि ६५० सम्ममा बिक्री हुने गरेको छ ।
जाजरकोटको सदरमुकाममा नागरिकलाई कोरोना भाइरसबाट सुरक्षित हुन माइकमार्फत सचेतनामूलक सन्देश दिँदै सुरक्षाकर्मी  ।
पारिवारिक निजी वन र वडा कार्यालयको समन्वयमा दाङको तुलसीपुर उपमहानगरपालिका–१, गैरासिउरे क्षेत्रका किसानलाई टिमुरको बिरुवा वितरण गरिँदै ।
कालोपत्रे भएपछि पुनःसञ्चालनको पर्खाइमा रहेको बैतडीको पाटन विमानस्थल  । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: