×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

देश बोल्ने फोटो कथा : सडकखण्ड अवरुद्ध भएपछी आवतजावतमा समस्या, ३८औँ बीपी स्मृति दिवस मनाइयो !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ६ श्रावण २०७७, मंगलवार

PRIME CA
laxmi sunrise bank

देश बोल्ने फोटो कथा : सडकखण्ड अवरुद्ध भएपछी आवतजावतमा समस्या, ३८औँ बीपी स्मृति दिवस मनाइयो !

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । आज कुन कुन ठाउँमा के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् । आजको अंकमा हामीले लगातारको झरीले अधिकाशं सडकखण्डहरु अवरुद्धदेखि बाजुरामा जननेता बि.पी.कोइरालाको ३८औँ स्मृति दिवस मनाइएकोसम्मका दृश्यलाई फोटो समाचारमा समेटेका छौं ।
हेरौं फोटो समाचार :
लगातारको झरीले नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चार किलोमा गएको पहिरो डोजरले हटाइँदै । 
गत आइतबारदेखिको अविरल वर्षाका कारण भक्तपुर नगरपालिका– ४ स्थित हनुमन्ते नदीको सतह बढेर डुबानमा परेका राममन्दिर आसपास क्षेत्रका धार्मिक स्थल जलमग्न । 
कञ्चनपुरको महाकाली नदीमा उर्लदो भेलमा जोखिम मोलेर दाउरा सङ्कलन गर्दै तटीय क्षेत्रका स्थानीयवासी । 
पृथ्वीराजमार्गको दमौली–थर्पु सडकअन्र्तगत तनहुँको म्याग्दे गाउँपालिका–१ गुणादीमा आइतबारदेखि परेको अविरल बर्षापछि मंगलबार बिहान माथिबाट आएको पहिरोले अबरुद्ध भएको राजमार्ग । त्यसैगरी पृथ्वीराजमार्गअन्र्तगत कै आँबुखैरेनी–मुग्लिन सडकअन्र्तगत ऐना पहरा नजिक पनि पहिरोले राजमार्ग अबरुद्ध भएकोले दुबै स्थानको पहिरो  हटाउन लागिएको र बढिमा एक घण्टा समय पहिरो पन्छाउन लाग्न सक्ने देखिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिनुभयो ।
गत आइतबारदेखिको अविरल वर्षाका कारण हनुमन्ते नदीको सतह बढेर डुबानमा परेका बस्ती । 
पृथ्वीराजमार्गको दमौली–थर्पु सडकअन्र्तगत तनहुँको म्याग्दे गाउँपालिका–१ गुणादीमा आइतबारदेखि परेको अविरल वर्षापछि मंगलबार बिहान माथिबाट आएको पहिरोले अवरुद्ध राजमार्ग । त्यसैगरी पृथ्वीराजमार्गअन्र्तगतकै आँबुखैरेनी–मुग्लिन सडकअन्र्तगत ऐना पहरा नजिक पनि पहिरोले राजमार्ग अवरुद्ध भएकाले दुवै स्थानको पहिरो  हटाउन लागिएको छ ।  बढीमा एक घण्टा  पहिरो पन्छाउन लाग्न सक्ने देखिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिनुभयो । 
क्षेत्रीय शहरी विकास आयोजनाअन्तर्गत धनगढीमा सडक निर्माणका लागि सोमबारबाट पहिलो चरणको काम शुरु भएसँगै सडकको सर्भे गर्दै निर्माणको ठेक्का पाएको निर्माण कम्पनी कालिका कन्ट्रक्सनका प्राविधिक ।
जननेता बि.पी.कोइरालाको ३८औँ स्मृति दिवसका अवसरमा नेपाली काँग्रेस बाजुराद्वारा बडीमालिका नगरपालिका–८ रापकको मष्टेश्वरी आधारभूत विद्यालयमा मङ्गलबार आयोजित वृक्षरोपण कार्यक्रममा वृक्षरोपण गर्दै त्रिवेणी नगरपालिकाका नगर प्रमुख रामसिं रावल ।
तनहुँको प्रसिद्ध धार्मिकस्थल छाब्दी बाराही मन्दिर जाने व्यासनगरपालिका–१ खकौलीमा भासिएर अवरुद्ध  सडक । 

नारायणगढ वजार नजिकैबाट मङ्गलबार दिउँसो देखिएको नारायणी नदी । तीन दिनदेखिको अविरल वर्षाका कारण नदीको वहाव बढेपछि त्यस आसपास क्षेत्रमा जोखिम बढेको छ ।

जुम्लाको सदरमुकाम खलङ्गास्थित नेपाल कम्युनिष्ट पार्टी कार्यालय परिसरमा निर्माण गरिएको नेकपाका नेता तथा पूर्वराज्यमन्त्री डिल्लीबहादुर महतको शालिक ।

आइतबारदेखि परेको निरन्तर वर्षापछि खसेको पहिरोले मङ्गलबार तनहुँको बन्दीपुर गाउँपालिका–१ नाहालामा क्षति पुगेको घर । पहिरोले स्थानीय सुरेश अधिकारी र अर्जुन अधिकारीको घर पूर्णरुपमा क्षति भएको छ ।

तनहुँको आँबुखैरेनी गाउँपालिका–४ मार्कीचोकस्थित रोदीखोलामा आएको बाढीका कारण हिलाम्य भएको राजमार्ग । पहिरोका कारण पृथ्वीराजमार्गको विभिन्न खण्ड बिहानैदेखि अवरुद्ध भएको छ ।
बागलुङ जिल्लाको पहिलो होमस्टेका रुपमा २०६८ लदेखि सञ्चालनमा आएको पर्यटकीय गाउँ बागलुङ नगरपालिका–१० स्थित भकुण्डेमा रहेको अथिति सत्कार होमस्टे सञ्चालन भएको घर ।
धान रोपाइँ सकिएको मेलम्ची नगरपालिका–७ स्थित भटार फाँट । यो फाँट  धान उत्पादनमा  प्रख्यात छ ।
भोटेकोशी गाउँपालिकाको छेनेन शेर्पा र त्रिपुरासुन्दरी धुस्कुनका कान्छा लामाले बाढीपहिरो पीडितलाई  विपत्त कोषमा राहत सहयोग रु एक लाख जम्मा गर्न मङ्गलबार बाह्रबिसे नगरपालिकाका प्रमुख निम फुञ्जु शेर्पालाई प्रदान गर्दै  ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: