×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कृषि विकास बैंकले ११.०८% लाभांश बाड्न सक्ने, नाफासहित अन्य सूचकहरुको कस्तो छ अवस्था ? (विवरणसहित)

PRIME CA

कृषि विकास बैंकले ११.०८% लाभांश बाड्न सक्ने, नाफासहित अन्य सूचकहरुको कस्तो छ अवस्था ? (विवरणसहित)

३२ श्रावण २०७७, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । कृषि विकास बैंकले आर्थिक वर्ष २०७६/७७ को चौथौ त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार बैंकले ३ अर्ब ४६ करोड ८० लाख ३१ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा अघिल्लो वर्षको तुलानामा १७.२६ प्रतिशतले कम हो । अघिल्लो वर्ष बैंकले ४ अर्ब १९ करोड १५ लाख ९० हजार रुपैयाँ खुद नाफा कमाएको थियो । 
बैंकले गत आर्थिक वर्षमा एक अर्ब ६६ करोड रुपैयाँ वितरण योग्य मुनाफा कमाएको देखिन्छ । १४ अर्ब ९८ करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैंकले ११.०८ प्रतिशत लाभांश दिन सक्छ । समीक्षा अवधिमा खुद ब्याज आम्दानी र सञ्चालन नाफा क्रमशः १८.११ प्रतिशत र १६.५० प्रतिशतले घटेको छ । 
 यो असारमसान्तसम्ममा बैंकले १ खर्ब ४३ अर्ब ६४ करोड ८२ लाख रुपैयाँ निक्षेप संकलन गरेर १ खर्ब २३ अर्ब ५ करोड २२ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । 
यता, बैंकको खराव कर्जा अनुपात ०.५८ प्रतिशतले घटेर २.७१ प्रतिशतमा पुगेको छ । साथै बैंकको बेस रेट पनि घटेर ९.२६ प्रतिशतमा झरेको छ । बैंकको प्रतिसेयर आम्दानी ३२ रुपैयाँ ८८ पैसा र प्रतिसेयर नेटवर्थ २३७ रुपैयाँ ५४ पैसा रहेको विवरणमा उल्लेख छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: