×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

राष्ट्रिय बाणिज्य बैंकमा कार्यरत थप १ महिला कर्मचारीमा कोरोना संक्रमण पुष्टी, बैंक भयो सिल, स्थानीय त्रासमा !

अर्थ सरोकार

प्रकाशित मिति : ५ भाद्र २०७७, शुक्रबार

PRIME CA

राष्ट्रिय बाणिज्य बैंकमा कार्यरत थप १ महिला कर्मचारीमा कोरोना संक्रमण पुष्टी, बैंक भयो सिल, स्थानीय त्रासमा !

  • अर्थ सरोकार सुदूरपश्चिम ब्युरो
डोटी- दिपायलस्थित राष्ट्रिय वाणिज्य बैंकमा कार्यरत १ महिला कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ । बिहीबार जिल्ला अस्पताल डोटीको प्रयोगशालामा गरिएको परीक्षणमा १८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले जानकारी दिएका छन् । जसमा एक जना राष्ट्रिय वाणिज्य बैंक दिपायल शाखामा कार्यरत महिला कर्मचारी छिन् । 
भदौ ३ र ४ गते परीक्षण गरिएका नयाँ १ सय ४७ नमुनाहरुमध्ये १८ नमुनाको नतिजा पोजिटिभ देखिएको हो । 
बैंककि कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएपछी बैंक सिल गरिएको छ । साथै बैंकमा कार्यरत अन्य कर्मचारीको पनि कोरोना परिक्षण गरिएको छ ।
पछिल्लो समय राष्ट्रिय बाणिज्य बैंकमा कार्यरत थुप्रै कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ । बैंकले विभिन्न शाखामा चरम लापरवाही गरेको भन्दै चौतर्फी गुनासोसमेत आइरहेको थियो ।  
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: