×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बसन्तपुरमा यस्तो देखियो गाईजात्राको रौनक,…१६ तस्विरमा हेर्नुहोस् जोखिमकाबीच मनाइएको जात्रा ! (फोटो-कथा)

PRIME CA

बसन्तपुरमा यस्तो देखियो गाईजात्राको रौनक,…१६ तस्विरमा हेर्नुहोस् जोखिमकाबीच मनाइएको जात्रा ! (फोटो-कथा)

२० श्रावण २०७७, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । आज (मंगलबार) काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा गाईजात्रा मनाइँदै छ । यस वर्ष कोरोना कहरकैबीच उक्त जात्रा मनाइँदैछ । विशेषगरी नेवार समुदायले मनाउने यो पर्व वर्ष दिनभित्र दिवंगत भएका आफन्तको सम्झना गरिँदै मनाउने गर्दछन् । दिवंगत आफन्तहरूको सम्झनामा मानिसलाई गाईको रूप धारण गराई नगरपरिक्रमा गराएमा वर्षभरिमा मृत्यु भएका आफन्तहरू गाईको पुच्छर समाई वैतरणी पार गर्छन् भन्ने धार्मिक विश्वास पनि रहँदै आएको छ ।
उपत्यकामा काठमाडौं, पाटन र भक्तपुरका दरबार क्षेत्र परिक्रमा गरेर गाईजात्रा मनाउने गरिन्छ । यस्तै ओखलढुंगा, भोजपुर, सुनसरीको धरान, बाग्लुङ, पाल्पालगायतका स्थानका नेवार समुदायले यो जात्रा मनाउँदै आएका छन् । हेर्नुहोस् काठमाडौँको बसन्तपुरमा देखिएका दृश्यहरु…
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: