×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘चलचित्र क्षेत्रमा लगानी भएको १ अर्ब ४० करोड रुपैयाँ भन्दा बढी लगानी जोखिममा पर्यो’ : अध्यक्ष अधिकारी (भिडियो रिपोर्ट)

अर्थ सरोकार

प्रकाशित मिति : २१ श्रावण २०७७, बुधबार

PRIME CA

‘चलचित्र क्षेत्रमा लगानी भएको १ अर्ब ४० करोड रुपैयाँ भन्दा बढी लगानी जोखिममा पर्यो’ : अध्यक्ष अधिकारी (भिडियो रिपोर्ट)

  • अर्थ सरोकार मल्टिमिडिया ब्युरो 
काठमाडौँ । चलचित्र क्षेत्रलाई सुचारु गर्न सरकारले साथ दिए सिनेमा रिलिज गर्न तयार रहेको नेपाल चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीले बताउनुभएको छ । कोभिड १९ का कारण चलचित्र क्षेत्र सबैभन्दा धेरै प्रभावित भएकाले संघले सरकारसँग विभिन्न माग राखेको र ती माग पुरा भए चलचित्र रिलिज गर्न आफुहरु तयार रहेको अधिकारीले बताउनुभएको छ । मंगलबार न्यूज एजेन्सी नेपालका सम्बाददातासँग कुरा गर्दै अध्यक्ष अधिकारीले सिनेमा हल खोल्ने वातावरण भए सिनेमा रिलिज गर्न तयार रहेको बताउनुभएको हो । 
सिनेमा निर्माताले कुनैपनि सिनेमा निर्माण गर्न बनाएको बजेटको २० प्रतिशत ग्राण्ड रकम सरकारले उपलब्ध गराउनुपर्ने, डिजिटल माध्यमबाट सिनेमा रिलिज गर्न सक्नेगरी भुक्तानी प्रणालीको विकास गर्नुपर्ने लगायतका माग संघले राखेको थियो । ग्राण्ड रकम उपलब्ध भए चलचित्र प्रवद्र्धनका लागि सहज हुने र निर्माताले सहजै चलिचित्र रिलिज गर्न सक्ने वातावरण बन्ने उहाँको भनाई छ । सुरुमा नेगेटिभबाट रिलिज भएका पुराना सिनेमाहरुलाई डिजिटल माध्यमबाट रिलिज गरी सिनेमा घर खुलेको सन्देश दिन सकिने र त्यसपछि मात्रै दशैं सम्ममा नयाँ सिनेमा रिलिज गर्ने वातावरण बन्ने अध्यक्ष अधिकारीले बताउनुभयो ।

लकडाउनका कारण चलचित्र उद्योग बन्द हुँदा प्रत्यक्ष रुपमा ३० देखि ३२ हजार र अप्रत्यक्ष रुपमा एक लाख पचास हजार सम्मले रोजगारी गुमाएको अधिकारीले बतानुभयो । उहाँले चलचित्र क्षेत्रमा लगानी भएको १ अर्ब ४० करोड रुपैयाँ भन्दा बढी लगानी जोखिममा परेको बताउनुभयो । कोभिडका कारण ठूलो क्षति भएको क्षेत्रलाई बजेटले समेटन नसकेको तर मौद्रिक नीतिबाट अधिकांश समस्याहरु समाधान भएको उहाँले बताउनुभयो । सरकारले पुनरकर्जा सुविधा दिएपनि त्यसको उपयोग सिमित व्यक्तिहरुले मात्रै गर्न सक्ने भएकाले आफुहरुले पुनरउत्थानको माग गरेको स्पस्ट पार्नुभयो । पुनरउत्थान कोष निर्माण गरेमा सतहमा पुगेको चलचित्र क्षेत्रलाई माथि उठाउन सकिने तर त्यसलाई मौद्रिक नीतिले समेत सम्बोधन गर्न नसकेको अधिकारीले बताउनुभयो ।

लकडाउन भएयता चलचित्र क्षेत्र पूर्णरुपमा बन्द छ । अधिकारीका अनुसार चैत देखि जेठ सम्म पदर्शनका लागि मिति लिएर बसेका २३ देखि २५ वटा सिनेमा, पोस्टप्रोडक्सनमा रहेका २० वटा सिनेमा र केही दिनको छायांकन भएर रोकिएका १५ वटा सिनेमा रहेको तथ्याङ्क संघमा प्राप्त भएको बताउनुभयो । यी सहित लकडाउन खुल्नासाथ छायांकनमा जान तयार रहेका सिनेमा गरी कुल ७५ वटा सिनेमाको काम रोकिएको अधिकारीले बताउनुभयो । हेर्नुहोस् भिडियो :

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: