×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोनाको उच्च जोखिम मोल्दै सिटिजन्स बैंक, ‘बैंक पनि ‘इन्टरनेशनल’ रहेछ, हाम्रो ठाउँलाई पनि इटाली बनाउने भए…’

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

कोरोनाको उच्च जोखिम मोल्दै सिटिजन्स बैंक, ‘बैंक पनि ‘इन्टरनेशनल’ रहेछ, हाम्रो ठाउँलाई पनि इटाली बनाउने भए…’

Artha Sarokar

२० श्रावण २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
जाजरकोट । जाजरकोटमा रहेको सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडमा सधैंजसो ग्राहकहरुको अव्यवस्थित भीड देखिन्छ । कोरोनाको त्रासमा पूरै जाजरकोट त्राहिमाम बनेका बेला ‘सिटिजन्स बैंकमा कोरोना लाग्दैन’ भन्ने शैलीमा बैंकले उच्च लापरवाही गरेको देखिन्छ । बैंक यतिसम्म अव्यावाषित छ कि, न बैंकमा भित्र बस्न मिल्ने ठाउँ छ, न बाहिर । न सबैलाई व्यवस्थापन गर्न सक्ने सुरक्षा गार्ड, न भित्र छिटो र चुरुस्त काम गर्न सक्ने कर्मचारी। र कोरोनाको जोखिम मोलेर यसरी नै अव्यवस्थित सेवा दिइरहेको छ सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले ।
जनताको विद्रोह कसले सुन्ने ?
यसो त यस्तो व्यवस्थापनहीनताले कोरोनाको जोखिम बढाएको भन्दै स्थानीयले विरोध नगरेका पनि होइनन् । तर केहि बुझेका स्थानीयले विरोध गर्दा बैंकमा ग्राहकहरुकै पनि लापरवाहीलाई पनि नकार्न भने सकिन्न । ‘मेरो काम छिटो हुनुपर्छ’ भन्ने अडानमा रहेका ग्राहकहरु पनि कोरोनाको जोखिममा संवेदनशील बन्न सकेका छैनन् । बैंकमा व्यवस्थापन यतिसम्म कमजोर छ कि, बलियाले पालो मिच्दा, निमुखाहरु कुरेर बस्छन् । बैंकमा सार्है ढिलो काम गर्ने कर्मचारी राखेर बैंकले आफ्नो कमजोरी छताछुल्ल पारेको ग्राहकहरुको गुनासो छ । ‘नामको पछाडी पनि इन्टरनेशनल रहेछ, हाम्रो ठाउँलाई पनि इटाली बनाउने भए…’ आक्रोशित हुँदै एक ग्राहक भन्छन्, ‘न बैंकले ख्याल गरेको छ न स्थानीय निकायले । यहींबाट कोरोना सर्यो भने जिम्मेवार को हुन्छ ?’ 
स्थानीय निकाय किन मौन ?
यता सिटिजन्स बैंकका बारेमा मौखिक उजुरी वडाध्यक्षसम्म पुगेपनि लिखित उजुरी नपरेको र लिखित उजुरी नपरेकाले वडाले बैंकलाई कारवाहीको कुनै प्रक्रिया सुरु गर्न नसकेको वडाका अधिकारीहरुको भनाइ छ । ‘हामीले पटक पटक मौखिक सुझाव दिइसकेका छौं । तर सिटिजन्स बैंकले हामीले भनेको मानिरहेको छैन । यस्तै अटेर गरिरहेको खण्डमा हामी कठोर निर्णय लिनसमेत पछी पर्ने स्थिति हुँदैन ।’ वडाका एक अधिकारीले भने, ‘बैंक पनि जिम्मेवार बन्नुपर्छ, ग्राहक पनि जिम्मेवार बन्नुपर्छ । सबै मिलेर कोरोना विरुद्ध लड्नुपर्छ। ‘
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी