×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

वाणिज्य बैंकका हरेक शाखाले अब विदेशी मुद्रा खरीद गर्नुपर्ने, नेपाल राष्ट्र बैंकले बनायो यस्तो नियम !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । वाणिज्य बैंकका सबै शाखाले विदेशी मुद्रा खरीद गर्नुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले विदेशी विनिमय कारोबार इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ मार्फत् यस्तो व्यवस्था गरेको हो । उक्त विनियमावली अनुसार बैंक तथा वित्तीय संस्थाले एकमुष्ट रुपमा प्राप्त गरेको इजाजतपत्रको आधारमा आफ्ना शाखाहरूबाट विदेशी विनिमय कारोबार गर्न सक्नेछन् । 
‘शाखा अनुसार इजाजतपत्र प्राप्त गरेका बैंक तथा वित्तीय संस्थाले विनियमावली लागू भएको २ महिनाभित्र विदेशी विनिमय कारोबार गर्ने शाखाहरूको नाम, ठेगाना सहित नवीकरणका लागि निवेदन दिएमा सम्पूर्ण स्थानको लागि एउटै इजाजतपत्र दिइनेछ ।’ विनियमावलीमा उल्लेख छ । 
विदेशी विनिमय कारोबारको इजाजतपत्र प्राप्त गर्न बैंकले एकमुष्ट ५ लाख रुपैयाँ बुझाउनुपर्छ । यस्तै राष्ट्रिय स्तरका विकास बैंकले १ लाख रुपैयाँ, प्रादेशिक स्तरका विकास बैंक र सबै स्तरका वित्त कम्पनीहरूले २० हजार रुपैयाँ राष्ट्र बैंकलाइ बुझाउनुपर्नेछ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरूलाई विदेशी विनिमय खरीद/बिक्री तथा तोकिए बमोजिमको विदेशी विनिमय सम्बन्धी अन्य कार्य गर्ने गरी ५ वर्षको लागि अनुमति पत्र दिनेछ । विदेशी विनिमय कारोबार गर्न चाहने फर्म, कम्पनी वा संस्थाले पनि कारोबार गर्न चाहे इजाजतपत्र लिन निवेदन दिन सक्नेछन् । 
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: