×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मापदण्ड अपनाएर होटल सञ्चालनको पूर्ण तयारीमा जुटे क्राउन प्लाजाका संचालक ! (भिडियो रिपोर्ट)

अर्थ सरोकार

प्रकाशित मिति : १९ श्रावण २०७७, सोमबार

PRIME CA

मापदण्ड अपनाएर होटल सञ्चालनको पूर्ण तयारीमा जुटे क्राउन प्लाजाका संचालक ! (भिडियो रिपोर्ट)

  • अर्थ सरोकार मल्टिमिडिया ब्युरो

काठमाडौँ । कोरोना भाइरस (कोभिड-१९) का कारण लामो समय बन्द रहेका होटलहरु सञ्चालनमा आएका छन् । सरकारको निर्णय अनुसार साउन १५ गतेबाट सञ्चालनमा आएका होटलहरु अहिले आन्तरिक तयारीमा जुटेका छन । संक्रमणको जोखिम अझै कायम रहेको सन्दर्भमा होटलका सञ्चालकहरु विभिन्न सुरक्षाका मापदण्ड अपनाएर सञ्चालनको पूर्ण तयारीमा जुटिरहेका हुन । 
सरकारले भदौ १ गतेबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलका बन्द प्रशिक्षण सुरु गर्ने अनुमति दिएपछि खेलाडी, प्रशिक्षक तथा अफिसियलहरुका लागि होटल क्राउन प्लाजा नक्सालले स्वास्थ्य सुरक्षालाई प्राथमिकता दिइरहेको छ । विभिन्न खेलका खेलाडी तथा प्रशिक्षकहरु बन्द प्रशिक्षणका क्रममा अवधिमा सोही होटलमा बस्ने भएकाले अहिले होटेललाई स्यानिटाइजेसन गर्न लागिएको प्रवन्ध निर्देशक युवराज श्रेष्ठले बताउनुभयो ।
बन्द प्रशिक्षणको समयमा अधिकांश खेलका खेलाडी, प्रशिक्षक तथा अफिसियलहरु बस्ने होटेल क्राउन प्लाजाले नयाँ प्रविधि (धुँवा छर्ने विधि) बाट होटेल स्यानीटाइज गरिरहेको उहाँले बताउनुभयो । कुनै पनि गेष्ट चेक आउट भएपछि त्यो कोठालाई पूर्ण रुपमा स्यानीटाइजेसन गर्ने, २४ घण्टापछि सफा गर्ने र अर्को २४ घण्टापछि पुनः प्रयोगमा ल्याउने गरी तयारी भइरहेको उहाँले बताउनुभयो ।

कतार विश्वकप छनोटको खेललाई मध्यनजर गर्दै अखिल नेपाल फुटबल संघ (एन्फा)ले सम्पूर्ण खेलाडीहरुलाई काठमाडौं बोलाइसकेको छ । भदौ पहिलो साताबाट खेलाडीलाई बन्द प्रशिक्षणमा राख्ने उद्देश्यले ३३ जना खेलाडीलाई एन्फाले काठमाडौं बोलाएको हो ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: