×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पर्यटन क्षेत्र प्रवद्र्धनका लागि के गर्ने ? यसो भन्छन् बोर्डका पूर्वसिइओ जोशी…! (भिडियो रिपोर्ट)

PRIME CA

पर्यटन क्षेत्र प्रवद्र्धनका लागि के गर्ने ? यसो भन्छन् बोर्डका पूर्वसिइओ जोशी…! (भिडियो रिपोर्ट)

३२ श्रावण २०७७, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार मल्टिमिडिया ब्युरो 
काठमाडौँ । नेपाल पर्यटन बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सिइओ) दिपकराज जोशीले ‘निःशुल्क भिषा र अनिवार्य पीसीआर’ को नीति अवलम्बन गरे बाह्य पर्यटन प्रवद्र्धन गर्न सकिने बताउनुभएको छ । विश्व नै कोरोनासँग जुधिरहेको भएपनि नेपालका पर्यटकीय गन्तव्यहरु कोरोनाबाट सुरक्षीत रहेको सन्देश प्रवाह गर्दै ‘निःशूल्क भिषा र अनिवार्य पीसीआर’ को नीति अबलम्बन गरे बाह्य पर्यटन प्रवद्र्धन गर्न सकिने उहाँले बताउनुभयो । नेपाल सुरक्षीत गन्तव्य बनेको सन्देश दिन आन्तरिक पर्यटन खुला गर्नुपर्ने उहाँले बताउनुभयो । 
विदेशबाट आउने व्यक्तिलाई कम्तिमा १४ दिन क्वारेन्टिनमा बस्नैपर्ने नीतिका कारण पर्यटकहरु आउन नचाहेको उल्लेख गर्दै उहाँले क्वारेन्टिन नभएर पीसीआरलाई अनवार्य बनाउनुपर्ने बताउनुभयो । उहाँले विदेशी पर्यटकलाई आफ्ने देशमा नै पीसीआर टेस्ट गर्ने र नेपाल आएपछि पुनः पीसीआर टेस्ट गर्ने प्रवाधान राख्नुपर्ने बताउनुभयो । सात दिन भन्दा बढी बस्नेको हकमा घुम्दाघुम्दैको अवस्थामा पनि पीसीआर परीक्षण गर्ने वातावरण सरकारले निर्माण गर्नुपर्ने उहाँको भनाई छ । उहाँले भिषा शूल्क बापतको रकमले पीसीआर परीक्षण अनिवार्य बनाउन सकेमा बाह्य पर्यटक भित्र्याउन समस्या नहुने बताउनुभयो ।
सरकारले पर्यटन पुर्नउत्थानका लागि छुट्याएको ५० अर्बको कोष तत्काल परिचालन गर्नुपर्नेमा पनि जोशीले जोड दिनुभयो । कोषलाई आवश्यक परेको समयमा परिचालन गर्न नसकिए कुनै अर्थ नहुने उल्लेख गर्दै उहाँले १५/२० दिनभित्रमै यसको परिचालन गर्नसक्नुपर्ने बताउनुभयो । व्यवसायी र पर्यटन क्षेत्रका कर्मचारीहरु मर्कामा रहेको समयमा कोष परिचालन गर्न सके त्यसले ठूलो अर्थ राख्ने उहाँले बताउनुभयो ।
गैरपर्यटन क्षेत्रका व्यक्तिहरुले समेत पर्यटन क्षेत्रमा लगानी बढाइरहेकले रोजगारीका अवशरहरुपनि सिर्जना भइरहेको उहाँले बताउनुभयो । देशलाई समृद्ध बनाउन सक्ने क्षेत्र पर्यटन पनि भएकाले यसको विकासका आवश्यक नीति नियम अवलम्बन गर्दै अगाडी बढ्नुपर्ने उहाँले बताउनुभयो । हेर्नुहोस् भिडियो :

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: