×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भिडियोमा हेर्नुहोस् काठमाडौँको बसन्तपुरमा धुमधामका साथ मनाइएको गाईजात्रा पर्व, यस्तो छ विश्वास…! (भिडियो रिपोर्ट)

अर्थ सरोकार

प्रकाशित मिति : २० श्रावण २०७७, मंगलवार

PRIME CA

भिडियोमा हेर्नुहोस् काठमाडौँको बसन्तपुरमा धुमधामका साथ मनाइएको गाईजात्रा पर्व, यस्तो छ विश्वास…! (भिडियो रिपोर्ट)

  • अर्थ सरोकार मल्टीमिडिया ब्यूरो 
काठमाडौँ । आज गाईजात्रा पर्व काठमाडौं उपत्यकासहित देशका विभिन्न ठाउँमा विशेष रुपमा मनाईदै छ । विशेषगरी नेवारी समुदायले मनाउने यो वर्षमा वर्षभरी दिवंगत भएका आफन्तहरुको नाममा गाईको अनुहार र गणेशको चित अंकित गाई बनाएर शहर परिक्रमा गराउने चलन छ । विश्वव्यापी बनेको कोरोना महामारीको जोखिम कायमै रहेका बेला उपत्यकामा यो वर्ष मनाउनेहरुको भिड देख्न सकिन्छ । गाईको अनुहार र गणेशको चित अंकित गाई बनाएर शहर परिक्रमा गराउँदा मृतात्माले यमलोक जाँदा बाटोमा पर्ने बैतरणी गर्ने र मोक्ष मिल्छ भन्ने धार्मिक विश्वास रहिआएको छ ।
शहरमा गाई पाल्नेहरुले गाईलाई सिंगारेर नगर परिक्रमा गर्छन् । नगर परिक्रमा गर्दा दिवंगत आफन्तको सम्झनामा विभिन्न भोजन गराइन्छ । तर पछिल्लो समय गाईजात्रालाई देशको राजनीतिक तथा सामाजिक विसंगतिप्रति व्यंग्य प्रहार गर्ने पर्वका रुपमा पनि मनाउने गरेको पाइएको छ । काठमाडौ उपत्यकामा तत्कालीन राजा प्रताप मल्लकी रानी आफ्नो छोरा चक्रप्रतेन्द्र मल्लको मृत्यु शोकमा डुबेपछि रानीलाई सान्त्वना दिन प्रताप मल्लले शहरमा वर्षभरी कति जनाले आफन्त गुमाए, कतिजनालाई यस्तै शोक प¥यो भनेर देखाउन यो जात्रा निकाल्न थालेको विश्वास छ । 
गाईजात्रा पर्व काठमाडौं लगायत ललितपुर, भक्तपुर, काभ्रे, मकवानपुर, सिन्धुपाल्चोकमा पनि मनाउने गरीन्छ । यस्तै नुवाकोट, दोलखा, खोटाङ, भोजपुर, इलाम, सुनसरी, मोरङ, पर्सा, कास्की, पाल्पा, दाङलगायतका जिल्लामा पनि यो पर्व धुमधामका साथ मनाउने गरिन्छ । सरकारले २५ जनाभन्दा बढी एकै ठाउँमा नहुन आग्रह गरेपनि काठमाडौंको बसन्तपुर लगायतका ठाउँमा भने ठूलो संख्यामा सर्वसाधारणहरु भेला भएको प्रष्टै देख्न सकिन्छ । हेर्नुहोस् भिडियो :

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: