
- अर्थ सरोकार सम्बाददाता
बुटवल । गरिमा विकास बैंकका एक कर्मचारीमा कोरोना संक्रमण पुष्टी छ । बैंकको रुपन्देहीको देवदह खैरेनी शाखामा कार्यरत महिला कर्मचारीमा संक्रमण पुष्टी हो । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा गरिएको पिसिआर परिक्षणका क्रममा उनका कोरोना देखिएको हो । बैंकको लोन शाखामा कार्यरत उनी आफैँ सोमबार लुम्बिनी प्रादेशिक अस्पतालमा गएर कोरोना परीक्षण गरेकी थिइन् ।
संक्रमित महिला ५ दिनदेखि रुघा र ज्वरो आएपछि बिदामा बसेकी थिइन् । उनमा संक्रमण पुष्टी भएपछी बैंकको शाखा शिल गरिएको नगर प्रमुख हिरा बहादुर खत्रीले बताए । पछिल्लो समय विभिन्न बैंकका कर्मचारीमा कोरोना संक्रमण पुष्टी भइसकेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्