काठमाडौँ । रिलायन्स लाइफ इन्स्योरेन्सले निष्काशन गरेको आईपिओको नतिजा सार्वजनिक भएको छ । आईपिओमा ५ लाख ८९ हजार ४ सय ६४ जनाले आवेदन दिएका थिए । जसमध्ये १९ सय ५५ जनाको आवेदन रद्द भएको र बाँकि रहेका ५ लाख ८७ हजार ५ सय ९ जनालाई शेयर बाँडफाँड गरिएको छ ।
सार्जवजनिक नतिजा अनुसार ५ लाख ६७ हजारले १० कित्ता सेयर पाएका छन् भने २० हजार ५ सय ९ जना हात खाली भएका छन् ।