×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

देश बोल्ने फोटो कथा : सिंहदरबार प्रवेशमा कडाई,…संक्रमण बढेपछि इटहरीमा पुन: लकडाउन गरियो !

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । आज कुन कुन ठाउँमा के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् । आजको अंकमा हामीले सिंहदरबार प्रवेशमा कडाई गरिएकोदेखि इटहरीमा आजदेखि पाँच दिनसम्मका लागि लकडाउन गरिएकोसम्मका दृश्यलाई फोटो समाचारमा समेटेका छौं ।
हेरौं फोटो समाचार :
मुख्य प्रशासनिक केन्द्र सिंहदरबारको दक्षिण द्वारबाट प्रवेश गर्ने क्रममा कर्मचारी तथा सेवाग्राही । गृह मन्त्रालयका अनुसार ‘कोभिड १९’ को सङ्क्रमित बढेसँगै सिंहदरबार प्रवेशमा कडाई गरिएको छ । 
मुख्य प्रशासनिक केन्द्र सिंहदरबारको दक्षिण द्वारबाट प्रवेश गर्ने क्रममा लामबद्ध सवारी साधन । 
बन्दाबन्दीपछि सुनसान देखिएको इटहरी चोक ।  इटहरीमा आजदेखि पाँच दिनसम्मका लागि लकडाउन गरिएको छ ।  
हप्तामा बुधबार, बिहीबार र शुक्रबार मात्र सञ्चालित मालपोल कार्यालय सुर्खेतमा बुधबार सेवा लिन आएका सर्वसाधारणको भीड । कोरोनाको सङ्क्रमण बढिरहेको अवस्थामा पनि भौतिक दूरी कायम गरेको भने सेवाग्राहीले देखिदैन  । 
काठमाडौँ महानगरपालिका–१९, विष्णुमती किनारको कङ्केश्वरी मन्दिर नजिकै वाग्मती प्रदेश, भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको खानेपानी तथा सरसफाइ डिभिजन नं ५ को बजेटमा उपभोक्ता समितिमार्फत निर्माण भइरहेको पानी ट्याङ्की । निर्माणस्थलमा सुशासन ऐन अनुसार राख्नुपर्ने होर्डिङ् बोर्ड राखिएको छैन । जसका कारण आयोजनाबारे वास्तविक सूचना पाउन सकिँदैन । 
धुलिखेल नगरपालिका–९ देविस्थानस्थित शान्तिपार्क परिसरमा वृक्षरोपण गर्दै रोटरी क्लब अफ धुलिखेलका प्रतिनिधि ।
भरतपुर महानगरपालिका–१० को कार्यालय अगाडि  सार्वजनिक कार्यक्रम गर्ने गरिएको गेष्ट हाउस चौरमा जमेको पानी । चौरको छेउ हुँदै जाने नारायणी लिफ्टको नहर पुरेर सडक बनाएपछि पानीले निकास नपाउँदा यस क्षेत्रका सरकारी कार्यालय पनि डुबानमा परेका छन् ।
नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को परासीस्थित जैरहरिमाई मन्दिर परिसरको पोखरीमा मङ्गलबार विपद् व्यवस्थापनको पूर्व अभ्यास गर्दै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी ।
बागलुङ नगरपालिका–३ बोक्से खाल्टो नजीकै राष्ट्रिय गौरवको आयोजनामध्येको एक मध्यपहाडी ९पुष्पलाल० लोकमार्गबाट खसेको पहिराले पुरेको घर ।
सङ्खुवासभाको नुम बजारबाट भोटखोला गाउँपालिकाको लागि दैनिक उपभोग्य सामग्री खच्चडद्वारा ढुवानी गरिँदै । भोटखोलाको बरुण दोभानसम्म यातायातको सुविधा भए पनि कच्ची सडक र बर्खाको समय भएकाले खच्चडमार्फत सामान ढुवानीमा गरिएको हो ।
सङ्खुवासभाको नुम बजारबाट भोटखोला गाउँपालिकाको लागि दैनिक उपभोग्य सामग्री खच्चडद्वारा ढुवानी गरिँदै । भोटखोलाको बरुण दोभानसम्म यातायातको सुविधा भए पनि कच्ची सडक र बर्खाको समय भएकाले खच्चडमार्फत सामान ढुवानीमा गरिएको हो । 
मुख्य प्रशासनिक केन्द्र सिंहदरबारको दक्षिण द्वारबाट प्रवेश गर्ने क्रममा सवारीसाधन, कर्मचारी तथा सेवाग्राही । गृह मन्त्रालयका अनुसार ‘कोभिड १९’ को सङ्क्रमित बढेसँगै सिंहदरबार प्रवेशमा कडाई गरिएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: