×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कास्कीमा आज राति १२ बजेदेखि ७ गतेसम्म निषेधाज्ञा, अत्यावश्यकबाहेक सबै सेवा बन्द

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

कास्कीमा आज राति १२ बजेदेखि ७ गतेसम्म निषेधाज्ञा, अत्यावश्यकबाहेक सबै सेवा बन्द

Artha Sarokar

२ भाद्र २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
पोखरा । कास्की जिल्लामा आज राति १२ बजेदेखि निषेधाज्ञा जारी गरिएको छ । जिल्लास्तरीय कोरोना रोकथाम नियन्त्रण र व्यवस्थापन समितिको निर्णयपछि सुरक्षा समितिको बैठक बसेर आजदेखि ७ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको हो ।
 
विज्ञहरुसँगको छलफलपछि पोखरा महानगरपालिकाले प्रदेशको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) मा निषेधाज्ञा जारी गर्न सिफारिस गरेको थियो । सोमबार बसेको सीसीएमसीको बैठकले स्थानीय सरकारको समन्वयमा जिल्ला प्रशासन कार्यालयलाई आवश्यकताअनुसार निषेधाज्ञा जारी गर्न अनुमति दिएको थियो ।
मंगलबारको बैठकले ७ दिनका लागि निषेधाज्ञा जारी गर्ने र कार्यान्वयन गराउन सुरक्षा संयन्त्रसमेत परिचालन गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालय कास्कीले जनाएको छ ।
चाडवाड नजिकिएसँगै कोरोना संक्रमणको जोखिम पनि बढेको छ भने पछिल्लो समय समुदायस्तरमा संक्रमितको संख्या पनि ह्वात्तै बढेकाले ५ दिन निषेधाज्ञा जारी भएको कास्की प्रहरी प्रमुख जीवनराम श्रेष्ठले जानकारी दिए ।
पोखरा महानगरपालिकाभित्र सोमबार राति र बिहानमात्रै १५ जनामा संक्रमण पुष्टि भइसकेको छ । निषेधाज्ञा जारी भएसँगै अत्यावश्यकबाहेक सबै गतिविधि ठप्प हुने छ । अहिले ५ दिनका लागि निषेधाज्ञा जारी गरिएको र आवश्यक परे फेरि थप गर्न सकिने जिल्ला प्रशासन कार्यालय कास्कीले जनाएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी