×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

‘कृषि’ र ‘बिकास’लाई छोडेर बनेको कृषि बिकास बैंकको ‘विज्ञापन’ चरम विवादमा, ‘बैंकको मूल मर्मकै धज्जी उडाईयो…’

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । कृषि बिकास बैंकका सीइओले विभिन्न अन्तर्वार्तामा भन्ने गरेका छन् -‘कृषि बिकास बैंकले कृषिलाई छोड्दैन, अरुलाई जोड्छ। ‘ तर पछिल्लो समय कृषि बिकास बैंक लिमिटेडको एउटा विज्ञापन भाइरल भएको छ । जहाँ न कृषि भेटिन्छ, न बिकाश । भेटिन्छ त बस् एउटी युवतीको दैनिकचर्या । अन्त्यमा कृषि बिकास बैंकको नाम भेटिन्छ । फरक कन्सेप्टमा गर्न खोजिएको भएपनि यो विज्ञापनले समग्र कृषि बिकास बैंकका ग्राहक र कृषि बिकास बैंककै मूल मर्मलाई खिल्ली उडाएको भन्दै चौतर्फी आलोचना भएको छ ।

 

के छ विज्ञापनमा ?

 

विज्ञापनमा ‘कृषि’ र ‘बिकास’ बाहेक धेरै कुरा छ । विज्ञापनमा पासपोर्ट बोकेर हिडिरहेकी एक युवतीलाई देखाईएको छ । युवतीले बडो गज्जबसँग क्याट वाक पनि गर्छिन् । त्यहाँ पनि आधुनिक घर देखाइन्छ । उनी पासपोर्ट एक ठाउँमा राखेर कपडा छान्दै गरेको देखाइन्छ । त्यसपछि निकै ‘रक’पाराको लुगा लगाएर उनले साथीलाई भेटेको देखिन्छ। उनी त्यसपछि ब्युटीपार्लरमा हुन्छिन् । एउटा एसएमएस आउँछ, जसले उनलाई चिन्तामा पार्छ । अर्की साथीले ल्याबटप खोलेर कृषि बिकास बैंकबाट रकम ट्रान्सफर गरेको देखाइन्छ । विज्ञापनमा पूरै अंग्रेजी भाषा बोलिएको छ । अन्त्यमा युवतीको पछाडीबाट देखाइन्छ र कृषि बिकास बैंकको लोगो देखिन्छ । पूरै विज्ञापनभरि न कतै कृषि देखिन्छ । न कतै बिकास ।
चौतर्फी आलोचना !
यता विज्ञापनसम्बन्धि ज्ञान राख्नेले पनि यो विज्ञापनको आलोचना गरेका छन् । लामो समय मिडियामा काम गरेका मोहन गजुरेलले केहि विज्ञापन विज्ञहरुलाई ट्याग गर्दै फेसबुकमा लेखेका छन्, ‘ कृषि विकास बैंकको यो विज्ञापन हेरेपछी सोध्न मन लाग्यो – कहाँ छ कृषि ? कहाँ छ विकास ? कि कृषिमा आधुनिकिकरण भनेको यही हो ? यसमा कहाँनीर छन् किसान ? कसरी सम्बोधन गरिएको छ कृषकलाई ? कि मैले नबुझेको हो ?’ यस्तै थुप्रै अरुले पनि यो विज्ञापनले कृषि बिकास बैंकको मर्मको धज्जी उदाएको भन्दै आलोचना गरेका छन् । धेरैले हास्यास्पद, लज्जास्पद, बैंककै बेइज्जत गर्ने विज्ञापन भनेपनि केहिले भने विज्ञापनको कन्सेप्ट ठिकै भएको र नयाँ पुस्ता लक्षित भएको भन्दै औसत दर्जा दिएका छन् । तर सामाजिक संजालभर यो विज्ञापन अहिले नकारामत्क रुपमा भाइरल भएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: