×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनसीसी बैंकमा कार्यरत कर्मचारीमा पनि कोरोना संक्रमण पुष्टी !

PRIME CA
GLOBAL IME BANK

एनसीसी बैंकमा कार्यरत कर्मचारीमा पनि कोरोना संक्रमण पुष्टी !

५ भाद्र २०७७, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
विराटनगर । नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंकमा कार्यरत एक कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ । बैंकको प्रदेश कार्यालयमा कार्यरत उनमा कोरोना संक्रमण पुष्टी भएको हो । समुदायस्तरमा कोरोना संक्रमण देखिएको विराटनगरमा यसअघि मेगा बैंक र सिभिल बैंकमा कार्यरत कर्मचारीमा पनि कोरोना संक्रमण पुष्टी भएको थियो । यस्तै बिराटनगरस्थित एनआइसी एशिया बैंकमा कार्यरत कर्मचारीलाई पनि विर्तामोडमा परिक्षणका क्रममा कोरोना संक्रमण पुष्टी भएको थियो। 
विराटनगरमा कोरोना संक्रमित कर्मचारीको संख्या ७४१ छ । तीमध्ये ९३ जना कोरोनामुक्त भएका छन् । 
कोरोना संक्रमित भेटिएपछी बैंकको उक्त शाखा सिल गरिएको छ भने संक्रमितलाई आइसोलेसनमा पठाइएको छ । साथै बैंकमा कार्यरत अन्य कर्मचारीलाई पनि क्वारेन्टाइनमा पठाइएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: